भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढल्ने
सारांश
- बीबीसी।
- रुसी युवतीसँग अस्ट्रियाई फ्रिडम पार्टीका नेताको भिडियो लिक भएपछिको विवादले उग्र रुप लिएको छ।
- भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढलेको छ।
बीबीसी। रुसी युवतीसँग अस्ट्रियाई फ्रिडम पार्टीका नेताको भिडियो लिक भएपछिको विवादले उग्र रुप लिएको छ। भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढलेको छ। अस्ट्रियाई चान्सलर सेबेस्टियन कुर्जको विदाइ गरिएको छ। संसदको विशेष सत्रमा दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि कुर्जले पदबाट राजीनामा दिएका हुन्।उनका सहयोगी फ्रिडम पार्टी र विपक्षी दल सोशल डमेक्र्याटिक पार्टीले अविश्वासको प्रस्तावको समर्थन गरेपछि कुर्जले राजीनामा दिएका हुन्।अस्ट्रियाई राष्ट्रपति एलेक्जेण्डर वेन डेर बेलनले वर्तमान भाइस चान्सलर हर्टविग लागरलाई अन्तरिम नेताका रुपमा नियुक्त गरेका छन्।भिडियोबाट सुरु भएको विवादयो विवाद त्यतिबेला सुरु भयो जब जर्मनीका संचारमाध्यममा एक भिडियो प्रशारण भयो।
त्यो भिडियो गोप्य तरिकाबाट २०१७ मा स्पेनको इबिसा द्वीपमा रेकर्ड गरिएको थियो। यो २०१७ मा देशभित्र भएको चुनाव भन्दा पहिलाको भिडियो थियो।जर्मन संचारमाध्यममा प्रशारित यो भिडियोको फुटेज फ्रिडम पार्टीका नेता र जर्मनका वर्तमान सरकारमा भाइस चान्सलर भइसकेका हेनिज क्रिश्चियन स्टार्के आफ्नै पार्टीका शीर्ष नेता जोहान्ना गुडेसनसँग कुरा गरिरहेका छन्।यो भिडियोमा दुवै नेता एक रुसी महिलासँग बसेर ड्रिंक्स गरिरहेका छन्। ती महिला कुनै रुसी व्यापारीकी भतिजी भएको बताइएको छ।यो भिडियोमा स्टार्के ती महिलासँग अस्ट्रियाई समाचार पत्र कोरेनेन जिटुंगको शेयर किनेर फ्रिडम पार्टीको सहयोग गर्न अपील गरिरहेका छन्।
उक्त भिडियो कसले खिच्यो भन्ने विषयमा केही खुल्न सकेको छैन। तर भिडियो सार्वजनिक भएको केही घण्टापछि नै कुर्जले स्टार्केलाई पदबाट हटाउने निर्णय गरेका थिए। त्यसपछि स्टार्केले पदबाट राजीनामा दिएका थिए।त्यसपछि फ्रिडम पार्टीका अन्य मन्त्रीले पनि राजीनामा दिए अनि सरकार अल्पमतमा पर्यो।अस्ट्रियाई पिपल्स पार्टीका प्रमुख सेबेस्टियन कुर्ज, अस्ट्रियाका यस्ता पहिलो चान्सलर बनेका छन्, जसको सरकार अविश्वासको प्रस्तावमा ढल्न पुग्यो। २०१७ मा उनी मात्र ३१ वर्षको उमेरमा अस्ट्रियाको चान्सलर बनेका थिए। संसदमा विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।
प्रतिक्रिया