उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन

सारांश

  • काठमाडौं।
  • सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अरव ७४ करोड बजेट विनियोजन गरेको छ।
  • अर्थमन्त्री डा.

काठमाडौं। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अरव ७४ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गर्दै सो क्षेत्रमा ११ अरव ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। बजेटमा आगामी आर्थिक वर्ष भित्र चीनसँग गरिएको पारबहन सम्झौताको प्रोटोकल अनुसार त्यहाँको बन्दरगाहबाट तेस्रो मुलुकमा व्यापार सुरु गर्ने पनि उल्लेख गरिएको छ।

त्यसैगरी पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन निर्माणाधीन मोतीहारी–अमलेखगंज पाईपलाईन विस्तारको कामलाई एक वर्ष भित्र सम्पन्न गर्ने व्यवस्था पनि बजेटमा मिलाइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए। बजेटमा खाद्यान्न भण्डारण केन्द्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको छ।

(bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?