२७ गैंडा मार्ने कैदी यसो भन्छन : कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३३ पटक हेरिएको
Shares
२७ गैंडा मार्ने कैदी यसो भन्छन : कैद भुक्तानपछि समाज सेवा गर्न चाहन्छु !

सारांश

  • सूर्यप्रसाद अधिकारी, जेठ २२, चितवन ।
  • कलिलो उमेर मै लागू औषधको कुलतमा परेका उनी नशा छाड्न सक्ने अवस्थामा थिएनन् ।
  • लागू औषधको लागि चाहिने पैसा पनि जुटाउन त्यो भन्दा झन मुस्किल ।

सूर्यप्रसाद अधिकारी, जेठ २२, चितवन । कलिलो उमेर मै लागू औषधको कुलतमा परेका उनी नशा छाड्न सक्ने अवस्थामा थिएनन् । लागू औषधको लागि चाहिने पैसा पनि जुटाउन त्यो भन्दा झन मुस्किल । चितवनको कोराकको विकट गाउँका उनी दिदीभिनाजुको घरमा बसेर खैरहनीको एउटा सरकारी स्कुलमा पढ्थे । तर उनको अवस्था पढाई भन्दा नशातिर होमिएको थियो । ‘न पैसा जुटाउन सक्ने न नशा छाड्न सक्ने अवस्थामा थिएँ । न जागिर न व्यापार’ गैंडा तस्किरीमा लाग्न्ु पर्ने आफ्नो अवस्था सुनाए उनले । पैसा जुटाउन जे पनि गर्न तयार भए उनी नशाको लागि । यो वाध्यता नै जिन्दगीको मोड बन्न पुग्यो राज कुमार प्रजाको लागि, जो अहिले भरतपुर कारागारमा कैदी जीवन विताई रहेका छन् ।
उनले के मात्र गरेनन, अरुको धानको कुन्यु झांँटेर बेचेननकी, मुसुरो चोरेर बेचेननकी । यतिले मात्र पुग्दैनथ्यो । लागू औषधको लागि पैसा जोहो गर्न कम मुस्किल थिएन उनलाई । घडी, रेडियो जे पायो तेही वेचेर पनि लागुऔषध प्रयोग गर्ने अवस्थामा थिएँ । नत्र नशा विनाको पीडाले रन्थनु अवस्था हुन्थ्यो , ’ उनले भने ।
सोझो तरीकाले पैसा कमाउने विकल्प उनले कतै देखेनन् । माओबादी द्धन्द चरमोत्कर्षमा पुगेको वेला थियो त्यो समय । उनको अन्तिम विकल्प बन्यो गैडाको खाग तस्करी । १५ बर्ष कैद र १५ लाख रुपैया जरीवाना सहितको सजायमा जेल जीवन विताउंँदै छन उनी । २७ वटा गैडा मार्ने चोरी शिकारी प्रमाणित भए पछि उनी जेलको चिसो छिंँडीमा छन् ।
चेपाङ नेपालका अति सिमान्तकृत समुदायमा पर्छ । त्यहि समुदायका हुन उनी । जंगलका गीठा भ्याकुर खोजेर छाक टार्नु त्यो समुदायका लागि नौलो होईन । तर गैंडा तस्करी सम्म बन्न पुग्नु भने नौलो हो त्यो समुदायबाट । राजकुमारको परिवार अति विपन्न थियो । बुबाआमा सहित ४ जना दाजुभाई अन्य दीदी वहिनीहरु थिए उनको परिवारमा । सबैले आफ्नो नांँगो आंङ छोप्न र भोको पेट भर्न ज्याला मजदुरीनै गर्ने बाध्यता थियो ।
दाजुभाईमा कान्छा राजकुमारको स्वभाव भने पहिल्यै देखि फरक खालको थियो । अरु दाजुहरुले नपढेपनि पढ्नु पर्छ भन्ने भावना उनमा सानैदेखि थियो । अन्तत उनी कोराककै स्थानीय स्कुलमा भर्ना भए । पढ्नमा ठीकै उनी अन्य क्रियाकलापमा भने चतुर थिए । सरासर पास भएका उनी पांँच कक्षा पास भएपछि भने खैरहनीको स्कुलमा भर्ना भए । जहांँ उनको भिनाजुको घर थियो । त्यहांँपनि उनी पास हुदै गए । १० कक्षासम्म पढिसक्दा भने उनी त्यहांँको वातावरण, साथी संगतिको कारण लागुऔषध दुव्यर्सनीको शिकार बनिसकेका थिए ।
त्यतिबेला आफ्ना काका, अन्य नातेदार गैडाको तस्करीबाट पैसा कमाएका छन भन्ने उनले नथापाएका पनि होइनन । तर कसरी गैडा मार्ने ,खाग कसलाई बेच्ने बारे अन्जान थिए उनी । यतिकैमा गाउंँका अन्य साथीहरुले उनलाई गैडाको खाग बेच्ने र पैसा कमाउने लोभ देखाइहाले ‘के खोच्छस काना आंँखो’ उनी ६० सालतिर त्यही समुहको पछि लागे ।
राती निकुञ्जमा गैडामार्ने हातहतियार , खाना पकाउने सामान सहित उनी पनि संँगै गए । त्यो पहिलो पटक अनि रातको क्षण अनकण्टार जंगल उनलाई डर नलागेको पक्कै होइन । उनी भन्छन ‘डर भगाउन साथीहरुले रक्सी, गाँजा लगायतका नशालु पदार्थ संँगै लिएर जान्थे त्यसपछि डर लाग्दैनथ्यो’ त्यति खेरका दिन सम्झन्छन् उनी ।
शुरुका दिन उनलाई बन्दुक हान्न नसिकाएपनि सहयोगीको रुपमा मात्रै काम गर्नथाले उनी । ‘कतिदिन त गैडा शिकार नभए त्यही जंगलमा बस्ने गथ्र्र्यों, कहिले आगो बालेर , कहिले रुखमा’ उनी भन्छन । विस्तारै उनले बन्दुकले कसरी निशाना लगाउने भन्ने काम सिकिहाले । त्यसपछित उनी भन्दा सिपालु अरु निक्लनै सकेनन । अन्तत उनी त्यस समुहको नाइकेनै बने । उनी भन्छन , ‘सुट गर्ने, बाटो देखाउने र काममा म निपुर्ण भइसकेको थिए ।’ विस्तारै पैसा आउन थालेपछि त झन उनमा झन जोस जांँगर उत्तिकै पलाउन लाग्यो । त्यतिबेलासम्म उनलाई खाग कतिमा लान्छन, कहाँ लगिन्छ , केही थाहा थिएन ।
साथीले दिएको केही हजारमा उनी चित्त बुझाउंँथे । ‘त्यतिबेलाको समय नगद २०, २५ हजार बुझ्दा पनि हाम्रो लागि ठुलो रकम हुन्थ्यो’ उनी सम्झन्छन । विस्तारै उनी एक नम्बरको सार्प सुटर भए । निशाना फरकनै नपर्ने । गैडा कहांँ हुन्छ कति बेला भेटिन्छ सजिलै भेउ पाउने भइसेका थिए उनी । उनीमा पैसाको मोह झनै बढ्न थाल्यो । दिनमा २,३ वटा भन्दा बढी पनि गैडा मार्थे कहिलेकाही उनले । तर जंगलमा भकाभक मर्ने गैडाको चोरी शिकारी रोक्ने निकायलाइनेै पत्तो हुदैनथ्यो । द्धन्द्धकाल उनलाई पो फलिफाप बन्यो ।
अधिकांश सेना प्रहरी युद्धमै होमिनुपथ्र्यो । यसै कारणले पनि उनलाई गैडामार्न सहज भयो । ‘यदि यो द्धन्दकाल नभएको भए म यस धन्दा हुदैनथे कि त पहिलै समातिसकेको हुन्थें होला’ उनी भन्छन् । द्धन्द्धको कमजोरीको फाइदानै यिनले यहांँ दुरुपयोग गरे । गैडा चोरी शिकारी, र मृत्युको संख्या बढ्न थालेपछि भने् सरकारको ध्यान यतातिर खिचियो । फलस्वरुप चेपाङहरुकै संलग्नता देखिएपछि भने उनी सहित अन्य साथीहरु सर्वाधिक खोजीको सुचीमा परे । तर यसको सुइको उनले् कतै न कतै बाट पाइहाल्थे । ‘एकदिनको कुरा हो राती म घर आएको बेला एकाएक सेनाले घर घेर्यो, म फन्दामा परें । म सहित तीन चारजना समातिए । अरुलाई केरकार गर्दा म उम्किएर भागिहाले , सेनाले गोलि हान्यो तर मलाई लागेन भाग्यवश’ उनले चाखलाग्दो घटना सुनाए ।
यस्ता घटना उनीसंँग कति दोहोरिएर उम्किए उनलाई सबै सम्झना छैन । तर यति हुंँदाहुदै पनि उनले यस्तो जघन्य अपराध छोड्न सकेनन् । उनका आफन्त पक्रिदापनि उनी गैडा मारिरहेका हुन्थे । किनकी उनमा पैसा मोह यति बस्योकि उनी त्यो पैसाले राजधानीका रेष्टुरृण्ट, कहिले धरान, कहिले कता लुकिछिपि हिडिरहन्थे तर प्रहरीले पक्रनै सक्दैनथ्यो ।
सर्वाधिक खोजीको सुचीमा रहेका उनी आफ्नो हुलीयानै फेरेर मलेशियासम्म भागे । तर अन्तत इन्टरपोलमार्फत पक्राउ परे उनी २०७१ सालमा । २७ वटा गैडाको खाग बेचेका उनी जेलमा ती दिन सम्झेर अहिले गहिरो पछुतोमा परेका छन ।
‘मैले अपराध गरेको हुंँ मैले सजाय भोग्नु पर्छ पछुतो मानेर के गर्नु ? के गर्नु यस्तो हुन्छ भन्ने सम्म थाहापाएको भए, म यो काम गर्थिन होला ’ प्रायश्चितमा उनको चित्त वुझाई छ । अहिले चालीस बर्षको भए उनी अहिले । अझ ११ बर्ष बाँकी छ निस्किदा ५१ बर्ष हुन्छन् ।
यस अपराधमा लाग्नुको अर्को ठूलो कारण ४, ५ पटकसम्म सेना प्रहरीमा भर्ती हुने प्रयास असफल हुनु ।
‘मैले कतिपटक सेना पुलिसमा जागिरको लागि आवेदन दिए तर मेरो भनसन गरिदिने कोही भएन , अनि मेरो अन्तिम विकल्प यही बन्यो’ उनको आक्रोश पनि छ । यो समयमा आएर उनलाई आफ्नो भन्दा बढी परिवारको चिन्ता छ । एक छोरा एक छोरीका बाबु उनी अहिलेसम्म श्रीमतीले जेनतेन गुजारा चलाउनु परेको अवस्थाले उनलाई झन गलाउंँछ । ‘ जिन्दगीमा मैले कमाएको पैसा केही बचेको भएपनि परिवारले दुख पाउंँथेनन । जेलबाट निस्किए पछि के काम गर्ने न विदेशको भीषा लाग्छ नत कामनै पाउंँछु ’ अध्यारो भविश्य देख्छन् उनी । जेलबाट छुटे पनि जिन्दगी कसरी विताउने उनीसँग कुनै योजना छैन । चिन्ता छ परिवारको । ‘मेरो परिवार र छोराछोरीको लालनपालन र शिक्षाको ग्यारेण्टी भए म सामाजिक सेवा गर्न चाहन्छु ’ उनको चाहना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
थारु बस्तीमा माघीको रौनक
थारु बस्तीमा माघीको रौनक
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा
भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल
म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा
मुलुक संघीयतामा गएको करिव डेढ वर्षपछि कर्मचारी समायोजको काम पूरा
… अनि बच्चालाई के गर्ने नि ?
… अनि बच्चालाई के गर्ने नि ?
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !

तपाईंले छुटाउनुभयो कि?