राजदुत सासुका कारण देउवा ओली प्रति नरम !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
राजदुत सासुका कारण देउवा ओली प्रति नरम !

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ ।
  • देउवाले ओलीको जमेर विरोध गर्न सकेका छैनन् ।
  • ओली सरकारले विवादास्पद विधेयकहरु ल्याउने देखि सत्ता केन्द्रिकृत गर्दै लगेको विषय उठेपनि देउवा सशक्त रुपमा प्रस्तुत हुन सकेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ । देउवाले ओलीको जमेर विरोध गर्न सकेका छैनन् । ओली सरकारले विवादास्पद विधेयकहरु ल्याउने देखि सत्ता केन्द्रिकृत गर्दै लगेको विषय उठेपनि देउवा सशक्त रुपमा प्रस्तुत हुन सकेका छैनन् । यसमा उनको केही व्यक्तिगत स्वार्थ रहेको खुल्दै गएको छ । देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् । उनलाई फिर्ता बोलाउनुपर्ने आवाज नेकपाभित्र उठ्दै आएको छ । तर, ओलीले रोकेका छन् । यसमा ओली र देउवा बीचको घनिष्ठ सम्बन्ध कारण बनेको छ ।

दुई तिहाईको कम्युनिष्ट सरकार बन्नु अघि नियुक्त भएका अधिकांश राजदूत फिर्ता बोलाइएका छन् । नेपाली काँग्रेसले सत्ता चलाउँदा काँग्रेस र राप्रपाको कोटामा राजदूत बनाइएकाहरु फिर्ता बोलाइए पनि प्रतिभा राणा जापानमै छिन् । उनी राप्रपाको कोटामा राजदूत बनाइएकी थिइन् ।

प्रतिभालाई फिर्ता नबोलाउन देउवाले लबिङ गरे । यसमा लेनदेन समेत गरे । केही राजनीतिक नियुक्तिमा पनि देउवाले भाग पाए । त्यसपछि देउवाले ओली सरकारको हरेक कदमको मौन समर्थन गरेजस्तै बसे । विरोध गरेपनि त्यसलाई मथ्थर पार्ने दिशामा बढे ।

ओली र देउवाबीचको कनेक्शनका कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिका सत्तापक्षकै जस्तो छ । ओलीको कदमको विरोध काँग्रेस नेताहरुभन्दा पहिले नेकपाका नेताहरुबाट सुनिन्छ । सुदुरपश्चिम गृहक्षेत्र भएका भीम रावल ओलीका कडा आलोचक भएका छन् देउवाभन्दा । अहिले ओलीको कडा विरोध गर्ने उनै रावल छन् ।

अहिले देउवा पारिवारिक मोहमा परेको गुनासो काँग्रेसको देउवा पक्षभित्र नै उठिरहेको छ । देउवाको ओलीसँगको नेक्ससका कारण सरकारका गलत कदममा समेत प्रमुख प्रतिपक्षी दल फितलो भएको छ ।

नेपालको स्याटेलाइटको सूचना थाहा पाउन भुटानको भर

नेपालको पहिलो भू–उपग्रह नेपालीस्याट–वानले पूरा काम गर्न एक हप्ता लाग्ने भएको छ । यसले अहिले गरिरहेको कार्यबारे सूचना पाउन पनि भुटानको भर पर्नुपर्ने भएको छ । नेपालसँग आफ्नै ग्राउन्ड स्टेशन नभएकाले भूउपग्रहबारेको सूचना पाउन भुटानको भर पर्नुपर्ने भएको हो । नेपालले भुटानसँग सूचना पठाउन अनुरोध गरेको छ । उसले सूचना पनि पठाइसकेको छ । नेपालीस्याटले पृथ्वीको परिक्रमा गरिरहेको छ ।

भुटानमा रहेको ग्राउण्ड स्टेशनले पठाएको सूचनाका आधारमा नेपालस्याटले पृथ्वीको परिक्रमा गरिरहेको छ । यसले प्रत्येक ९० मिनेटमा पृथ्वीलाई परिक्रमा गरिरहेको छ । हरेक दिन दुई देखि चारपटक नेपाल माथिको आकाशमा आइपुग्ने गरेको छ । नेपालको माथि आकाशमा आइपुग्दा प्रत्येक दिन छ मिनेट समय भूउपग्रहबारे सूचना प्राप्त हुन्छ ।

२ असारको साँझ नेपालीस्याट–वान रावण, इगुसी र स्पुकी–वान एकसाथ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण कार्यक्रमको अवलोकन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठलगायत जापानको चुकुबा स्पेस सेन्टरमा पुगेका थिए ।

नेपालीस्याट वान अन्तरिक्ष प्रक्षेपण गर्नुअघि अमेरिकी अन्तरिक्ष यात्री निक हेगको नेतृत्वको छ सदस्यीय अन्तरिक्ष यात्रीको टोलीले नेपाललाई के गरौं ? भनेर सोध्दा मन्त्री पोखरेलले गो भनेपछि अन्तरिक्षमा नेपाली स्याट छाडिएको थियो ।

५ वैशाखमा अमेरिकाको भर्जि्निया राज्यको वालप्स फ्लाइट सेन्टरबाट बर्ड थ्री प्रोजेक्ट अन्र्तगतको नानो स्याटलाइट पृथ्वीदेखि चार सय किलोमिटर टाढा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखिएको थियो । २ असारबाट नेपालीस्याट वानले पृथ्वीको कक्षबाट पृथ्वीलाई परिक्रमा गर्न सुरु गरेको छ ।

के छ भूउपग्रहमा ?

नेपाली नानो स्याटलाइट एक केजी तीन सय ग्राम तौलको छ । यसमा नेपाली झण्डा, नाष्टको लोगो र निर्माणकर्ताको नाम छ । भू उपग्रहले पृथ्वीको परिक्रमा गरी नेपालको भौगोलिक तस्वीर खिचेर पढाउन थालेको छ । भूउपग्रह नास्टले नेतृत्व गरेर क्यूटेकमा अध्ययनत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठसहित आठ जना सहभागी भई तयार गरेका थिए ।

गुठी पक्षधरको माइतीघरमा विशाल प्रदर्शन

गुठी पक्षधरहरुले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्मा अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो । तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द

सरकारद्धारा प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोधमा टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकमा उल्लेख भएको विदेशी च्यानलमा क्लिन फिड नीति लागु हुनुपर्ने प्रावधानलाई उनीहरुले अव्यवहारिक बताएका छन् । क्लिन फिडको अर्थ टिभीमा प्रसारण हुने विज्ञापनमा स्वदेशी प्राविधिक र कलाकारको सीप, क्षमतासहितको विज्ञापन बन्नुपर्ने भन्ने हो ।

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द हुने गर्ने भएको छ ।

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ ।

नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा नेपालमा सर्वाधिक रुचाइएको च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरुका साथै खेलकुद प्रेमीहरुले मन पराएका फुटबल, क्रिकेट लगायत अन्य खेलहरु प्रशारण गरिने स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने महासंघले जनाएको छ ।

एकाएक भीम रावल कसरी ओलीको पक्षमा पुगे ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल एकाएक सरकारको कामको बचाउमा उभिएका छन् । केही दिन अघिसम्म रावललाई सरकारको आलोचना गरेरै फुर्सद थिएन । तर, अचानक रावल सरकारको प्रशंसामा उत्रिएका छन् । उनले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउन थालेका छन् । मंगलबार गृह जिल्ला अछामको कमलबजारमा आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताएका थिए ।

उनले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट प्रमुख विपक्षी दल नेपाली कांग्रेस डराएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?