सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु
सारांश
- काठमाडौं।
- गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
- सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।बस सडकबाट करिब ५ फिट तल खेतमा खसेको थियो।बसका अन्य घाइते १६ जना यात्रुको भने नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।मृत्यु हुनेमा बसकै सहचालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले जनाएअनुसार बसका चालक भने अहिले फरार रहेका छन्।


आज मेघगर्जन सहित वर्षा हुने
काठमाडौं । आज ९बिहीबार० दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया