सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
सारांश
- शनिबार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष सम्पन्न भएको छ ।
- महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक खास एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएको बुझिएको छ ।
- शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न भएको युरोप भ्रमणबारे नेताहरुसँग यात्रा संस्मरणजस्तो सुनाएका थिए ।
शनिबार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक खास एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएको बुझिएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न भएको युरोप भ्रमणबारे नेताहरुसँग यात्रा संस्मरणजस्तो सुनाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटरमा नेताहरु एजेण्डा केन्द्रित भएर छलफलमा जुटेको भएपनि अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको डायरी सुनाएका थिए ।
पार्टीको राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल हुने भनेर नेताहरुले यसअघि नै सुनाएका थिए । तर, मुख्य विषयमा छलफल नै नगरी ओलीले अन्य विषयमा समय व्यतित गरेपछि सचिवालयका अन्य नेताहरुलाई ओलीको कुरा सुन्नुबाहेक अरु कुनै विकल्प नै थिएन ।
ओलीले बेलायती प्रधानमन्त्रीसँगको भेटवार्तादेखि राजकुमार ह्यारीसँगको आफ्नो भेटवार्ता र कुराकानी बैठकमा नेताहरुसँग सेयर गरेका थिए । आजको बैठक एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएकोले अर्को बैठक चाँडै बस्ने भनिएको छ । तर, आगामी बैठकको लागि गृहकार्यसहित बस्ने सहमती समेत एक नेताले बताए । गृहकार्यसहित बैठक बस्ने भनिएकोले अर्को बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन ।
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओली प्रशंसा मात्रै गर्न थाले ?
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् । केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् ।
सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ । रावलले पार्टी एकताको विषयलाई लिएर पनि पार्टी नेतृत्वले गम्भिरताका साथ काम गरिरहेको भनाई राखेका छन् । उनले अब स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने धारणा राखेका छन् ।
गृहजिल्ला अछाममा रहेका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई शनिबार सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने दाबी गरेका हुन्।नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गरे ।
सुदूरपश्चिम र अछामको विकासका लागि आफूले निरन्तर संसद्देखि सरकारमा आवाज उठाइरहेको उनको भनाइ थियो । नेता रावलले नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको स्पष्ट पारे ।
प्रतिक्रिया