नेपाल एसीसी यु–१९ इस्टर्न क्रिकेटको फाइनलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नेपाल एसीसी यु–१९ इस्टर्न क्रिकेटको फाइनलमा

सारांश

  • काठमाडौं ।
  • नेपाल एसीसी यू–१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ ।
  • सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो ।

काठमाडौं । नेपाल एसीसी यू–१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमै ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि भीम सार्कीले सर्वा्धिक ३३ रन बनाए । कप्तान रोहित कुमार पौडेलले ३१ रन बनाए । दुवैले समान २–२ चौका र १–१ छक्का प्रहार गरे । सुरुवाती तीन विकेट ३० रनमै गुमाएको नेपालका लागि कप्तान रोहित र भीमले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । यी दुईले ६० रनको साझेदारी गरे ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाले ४०.५ ओभरमा ८७ रनमा अलआउट गरेको हो । मलेसियाको लागि मोहम्मद अमिरले सर्वा्धिक २४ रन बनाए । नेपालका लागि बलिङमा सागर ढकालले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले १–१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?