विप्लव समूहका चार कार्यकर्ता पक्राउ
सारांश
- दमौली।
- नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ।
- जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
दमौली। नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक छन्।
राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्य्विधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ।
गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङचोकबाट पक्राउ गरी तनहँु ल्याएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो । अदालतको आदेशमा रिहा भएका उनीहरु तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण पोखराबाट पक्राउ परेका थिए । त्यसअघि गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
सरकारको समीक्षामा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नै नेतृत्वको सरकारको निर्मम समिक्षामा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार ओलीले सरकारले पछिल्लो समय एकपछि अर्कोगरि जनस्तरबाट चर्को आलोचना व्यहोर्नुमा मन्त्रीहरु मुख्य दोषी भएको निश्कर्ष निकालेका छन् । तर, यसमा आफ्नो पनि केही कमिकमजोरी भए त्यसलाई सुधारेर जाने ओलीको तयारी छ ।
विभिन्न विद्येयक ल्याउँदादेखि नै ओली सरकार विवादित बनेको थियो । गुठी विद्येयक त फिर्ता नै लिन सरकार बाध्य भएको थियो । आफ्नै पार्टीका शीर्ष नेताहरुले पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन् । बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले समेत सरकारले महत्वपूर्ण निर्णय गर्दा आफूहरुसँग सरसल्लाह नगरेको कुरा सार्वजनिक रुपमै आलोचना गर्दै आएका छन् । भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण प्रकरणमा त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै माफी माग्नु परेको थियो ।
त्यस यता ओलीले मन्त्रीहरुकै कारण आफूले बेईज्जति सामना गर्नु परेको निश्कर्ष निकालेका छन् । अब बस्ने स्थायी समितिको बैठकलगत्तै केही मन्त्रीहरुलाई हटाउने तयारीमा पार्टीका अध्यक्षद्धय ओली र प्रचण्ड पुगेको पनि नेकपा स्रोतको दाबी छ । यसअघि पनि मन्त्रिमण्डल हेरफेरबारे हल्ला नचलेको होईन । तर, प्रधानमन्त्री ओलीले नै उक्त हल्लाको खण्डन गर्दै तत्काल कोही पनि मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका थिए ।
प्रतिक्रिया