२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु

सारांश

  • ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल पछिल्लो समय मृगौला रोगको उपचारका लागि भरपर्दो अस्पताल बन्ने क्रममा रहेको छ ।
  • मृगौला रोगको उपचारलाई महत्व दिदै अस्पतालमा वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.
  • डा.

ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल पछिल्लो समय मृगौला रोगको उपचारका लागि भरपर्दो अस्पताल बन्ने क्रममा रहेको छ । मृगौला रोगको उपचारलाई महत्व दिदै अस्पतालमा वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा.ऋषीकुमार काफ्लेको नेत्तृत्वमा ३ जना प्रत्यारोपण सर्जन र ५ जना मृगौला रोग विशेषज्ञ रहेका छन् । त्यस्तै अस्पतालमा २५ हेमोडायलोसिस मेशिनमार्फत विरामीलाई डायोलोसिस पनि गराइदै आएको छ ।

यसैवर्ष सरकारबाट मृगौला प्रत्यारोपण स्वीकृति लिए पछि सुमेरुमा गोरखा र रामेछाप निवासी विकास गुरुंग र सुकरानी मोक्तानको पूर्ण निःशुल्करुपमा मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सामाजिक उत्तरदायित्व अन्तर्गत २ विपन्न नागरिकको निःशुल्ककरुपमा मृगौला प्रत्यारोपण गराएको अस्पतालले जानकारी दियो ।

अस्पतालले राज्यद्वारा घोषित शुल्कमा डायोलोसिस र एक्युट किड्नी फेलर सम्बन्धी सेवा दिदै आएकोमा अबदेखि देशमा रहेका सबै मृगौला रोगीलाई राज्यले निर्धारण गरेको शुल्क भित्र रहेर प्रत्यारोपण सेवा दिने प्रतिबद्धता पनि जनाएको छ । साथै ब्लड ग्रुप म्याचिंग नहुने विरामीको प्रत्योरोपणका लागि प्लाज्मा फेरोसिस मेशिन जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा पनि निकट भविष्यमै सञ्चालनमा ल्याउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसबाहेक अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न २०० शैयाका किड्नी अस्पताल र सबै प्रदेशमा मृगौला रोग सम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजन पनि सुमेरु अस्पतालले बनाएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव रहेका थिए ।

https://www.youtube.com/watch?v=zFCPKvnzyMU

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल
एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल
नारायणगढ-मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द
नारायणगढ-मुग्लिङ सडक : आजदेखि दैनिक चार घण्टा बन्द
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
मुक्त कमैयालाई जग्गा
मुक्त कमैयालाई जग्गा
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
माओवादी हेडक्वार्टर बैठक बस्दै, यस्ता छन् एजेडा ?
माओवादी हेडक्वार्टर बैठक बस्दै, यस्ता छन् एजेडा ?
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )

तपाईंले छुटाउनुभयो कि?