भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा जोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा जोड

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ बन्ने हरेक संरचना भूकम्प प्रतिरोधी बनाइने बताउनुभएको छ ।
  • ‘वृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थीमैत्री भेला’ को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले भूकम्पीय जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध छ भन्नुभयो ।
  • मुख्यमन्त्री शाहीले भूकम्पको जोखिममा विद्यार्थी नै बढी हुने हुँदा विद्यालयलाई भूकम्प प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ बन्ने हरेक संरचना भूकम्प प्रतिरोधी बनाइने बताउनुभएको छ । ‘वृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थीमैत्री भेला’ को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले भूकम्पीय जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध छ भन्नुभयो ।मुख्यमन्त्री शाहीले भूकम्पको जोखिममा विद्यार्थी नै बढी हुने हुँदा विद्यालयलाई भूकम्प प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “कर्णाली सरकारले भूकम्प प्रतिरोधी संरचना बनाउने मुख्य नीति लिएको छ,” उहाँले भन्नुभयो,“भौगोलिक विकटताका कारण हिमाली जिल्लामा सिमेन्ट पु¥याउन मुस्किल छ, तैपनि भूकम्पलगायतका विपद्लाई न्यूनीकरण गर्न चुकेका छैनौँ ।”

सो अवसरमा सामाजिक विकास मन्त्री दल रावलले गत वर्षदेखि विद्यालय र स्वास्थ्यका भवन अनिवार्य भूकम्प प्रविधिमैत्री निर्माण गर्न निर्देशन दिएको बताउनुभयो । “भूकम्पप्रतिरोधी संरचना बनाउन शुरु गरिसकेका छौँ,” उहाँले भन्नुभयो,“कर्णाली आफैँमा भूकम्पलगायतका विपद्को उच्च जोखिममा रहेको क्षेत्र हो, नयाँ बन्ने विद्यालय पनि भूकम्प प्रविधिमैत्री हुनेछन् ।”

पूर्व शिक्षामन्त्री एवं विपद् विज्ञ गङ्गालाल तुलाधरले पूर्व तयारीबिना वर्षेनी विपद्बाट ठूलो मात्रामा धनजनको क्षति हुने गरेको बताउनुभयो । शिक्षकलाई ‘सामाजिक दूत’को संज्ञा दिनुहुँदै उहाँले भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा शिक्षकको भूमिका प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।

भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट० का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपद् सुरक्षाका विषयमा शिक्षक÷विद्यार्थी तथा सरोकारवालाबीच चेतना अभिवृद्धि गर्ने, भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणका लागि जापानी अनुभव ग्रहण गर्ने तथा विद्यालय सुरक्षा र पूर्वतयारीबारे साझा लक्ष्य निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो ।

दुईदिने भेलामा जापानको माईको हाइस्कुलका १४ जना शिक्षक÷विद्यार्थीसहित नेपालका १९ जिल्लाका ५७ विद्यार्थी र २८ शिक्षक गरी ८५ जनाको सहभागिता रहेको छ । भेलालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव जयप्रसाद आचार्य, शिक्षा तथा जनशक्ति विकास केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेल, युनिसेफका प्रतिनिधि सविना जोशी र जापानको ओशाका विश्वविद्यालयका प्रा सेजी सुवाले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’
‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
नेफ्टा आयोजकले बितरण गरे, बृद्ध तथा अशक्तहरुलाई व्याङकेट
नेफ्टा आयोजकले बितरण गरे, बृद्ध तथा अशक्तहरुलाई व्याङकेट
प्रकाश र उमा लाई बैँस चडदा  रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
प्रकाश र उमा लाई बैँस चडदा रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
Скачать Leon на Андроид Бесплатно Приложение Букмекерской Конторы Леон
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?

तपाईंले छुटाउनुभयो कि?