कोचिङ पढ्न हिँडेकी छात्रा सडकमा ढलिन्, अस्पताल नपुर्याउँदै मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
५१ पटक हेरिएको
Shares
कोचिङ पढ्न हिँडेकी छात्रा सडकमा ढलिन्, अस्पताल नपुर्याउँदै मृत्यु

सारांश

  • बझाङ ।
  • विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ ।
  • रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो ।

बझाङ । विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो ।

बिहान ७ः ३० बजे विद्यालयमा कोचिङ पढ्न जाने क्रममा सडकमा एक्कासी ढलेर उनी बेहोस भएकी थिइन् । उनको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो ।

उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मेडिकल कलेजले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

छात्रा फाल दुई वर्षदेखि बेहोस भइरहने र यो महीनामा मात्र तीन पटक विद्यालयमा बेहोस भएको विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताए ।

पूर्वखोला गाउँपालिका–६ हेक्लाङ घर भएका उनी विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
चना र खजुर एकसाथ खाँदा के हुन्छ फाइदा ?
चना र खजुर एकसाथ खाँदा के हुन्छ फाइदा ?
डेढ घण्टामा १५ प्रतिशत मतदान
डेढ घण्टामा १५ प्रतिशत मतदान
धूलो र हिलोको शहरमा जीवनको खोजी
धूलो र हिलोको शहरमा जीवनको खोजी
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !
बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन
बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन
न्यूजिल्याण्डका बलर साउदीले तोडे सचिनको ब्याटिङ रेकर्ड
न्यूजिल्याण्डका बलर साउदीले तोडे सचिनको ब्याटिङ रेकर्ड
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा