यति छ बाहुबाली नायक प्रभासको सम्पत्ति र गाडी
सारांश
- दक्षिण भारतीय फिल्म “बाहुबली”को सफलतासँगै चर्चामा आएका प्रमुख पात्र हुन् प्रभास ।
- अहिले प्रभासको नयाँ फिल्म “साहो” प्रदर्शन भइरहेको छ ।
- “बाहुबली”सँगै प्रभासको करिअर उचाइमा पुग्न सफल भएको हो ।
दक्षिण भारतीय फिल्म “बाहुबली”को सफलतासँगै चर्चामा आएका प्रमुख पात्र हुन् प्रभास । अहिले प्रभासको नयाँ फिल्म “साहो” प्रदर्शन भइरहेको छ । “बाहुबली”सँगै प्रभासको करिअर उचाइमा पुग्न सफल भएको हो ।
प्रभासको पूरा नाम सत्यनारायण प्रभास राजु उपलापति हो । उनी निर्माता सूर्य नारायण राजु उपलापतिका छोरा हुन् । सन् १९७९ मा जन्मिएका प्रभास पेशाले एक्टर भएपनि पढाइ इन्जिनियरिङमा गरेका थिए । उनले २२ वर्षको उमेरमा तेलूगु फिल्म “इश्वर”मा डेब्यु गरेको हुन् ।
उनी एउटा फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिन्छन् भने उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ । उनको नेटवर्थ १९.१(२४.५ मिलियन डलर रहेको छ । उनले सन् २०१६ मा ७ करोड ट्याक्स तिरेका थिए ।
बाइक र कारको सौखिन प्रभाससँग ७ लाख भारतीय रुपैयाँको होन्डा सिभिआर ६०० आरआर बाइक, १.४४ करोड भारतीय रुपैयाँ पर्ने मर्सि्टिज बेन्ज एस(क्लास, २.८२ करोड भारतीय रुपैयाँ पर्ने कस्टम रेन्ज रोभर, १.२४ करोड भारतीय रुपैयाँ पर्ने जागुएर एक्सजे(एल र ८ करोड भारतीय रुपैयाँ पर्ने रोयल्स रोयस फ्यान्टम कारहरु छन् ।
उनी आन्ध्र प्रदेशमा ६ हजार वर्ग्फिटमा फैलिएको जुभिन हिलको एक आलिसान घरमा सपरिवार बस्ने गर्दछन् ।
प्रतिक्रिया