भारत र पाकिस्तानबीच आणविक युद्ध भए के होला ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
भारत र पाकिस्तानबीच आणविक युद्ध भए के होला ?

सारांश

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरुद्ध आणविक अस्त्र प्रयोगको सम्भावना समेत औल्याए ।
  • अल जजिरासँगको अन्तवार्तामा उनले परम्परागत युद्धबाहेकको विकल्पमा आणविक युद्ध हुने बताएका हुन् ।
  • के पाकिस्तानले भारतविरुद्ध आणविक अस्त्रको प्रयोग गर्ला रु अस्त्रको प्रयोग गरेमा के होला रु त्यसको जवाफ भारतले कसरी देला रु यो परिकल्पनाको विषय हुनसक्ला ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरुद्ध आणविक अस्त्र प्रयोगको सम्भावना समेत औल्याए । अल जजिरासँगको अन्तवार्तामा उनले परम्परागत युद्धबाहेकको विकल्पमा आणविक युद्ध हुने बताएका हुन् । के पाकिस्तानले भारतविरुद्ध आणविक अस्त्रको प्रयोग गर्ला रु अस्त्रको प्रयोग गरेमा के होला रु त्यसको जवाफ भारतले कसरी देला रु यो परिकल्पनाको विषय हुनसक्ला ।
सन् १९९८ मा पाकिस्तानले आणविक अस्त्रको परीक्षण गरेर आणविक हतियारले सम्पन्न पहिलो मुस्लिम देश बन्यो ।

भारतले सोही वर्ष आणविक अस्त्रको परीक्षण गरेपछि पाकिस्तानले पनि गरेको हो । भारतसँग युद्ध लडिसकेको पाकिस्तानले प्रतिरक्षाका लागि अस्त्र परीक्षण गरेको दाबी गर्यो । यसले दक्षिण एशियामा अणविक अस्त्रको होडवाजी बढायो ।भारतसँग पाकिस्तानको भन्दा बढी सैन्य क्षमता छ । परम्परागत युद्ध लड्यो भने भारतको तुलनामा पाकिस्तान कमजोर छ । तर, आणविक अस्त्रको परिमाणका हिसाबले पाकिस्तानसँग भारतको भन्दा केही बढी आणविक हतियार छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०१८ को प्रतिवेदन अनुसार पाकिस्तानसँग १४० देखि १५० आणविक हतियार छ भने भारतसँग १३० देखि १४० आणविक हतियार छ । दुवै देशसँग एक अर्कामाथि प्रहार गरेर ठूलो नोक्शानी पुर्याउने क्षमता छ ।भारतले आणविक अस्त्र जडित क्षेप्यास्त्र जल, थल र आकाशबाट मार हान्ने क्षमता राख्छ । पाकिस्तानले समुन्द्रबाट प्रहार गर्ने क्षमताको विकास गरिसकेको छैन । उसले यसमा प्रयास गरिरहेको छ ।भारतले आणविक अस्त्र विकास गर्नुमा चीनसँगको युद्ध कारण हो । चीनसँगको युद्धपछि उसले आफूलाई शक्तिशाली बनाउन आवश्यक ठानेर अस्त्रको विकास गरेको हो ।

पाकिस्तानले भारतसँगको युद्धपछि यसको विकास गर्न थालेको हो । पाकिस्तानलाई अरब मुलुकहरुले आणविक अस्त्रको विकासमा सहयोग गरेका थिए । भारतले आफ्नै बलबुतामा आणविक अस्त्रको विकास गर्यो । पाकिस्तान सैन्य क्षमता विकास देखि अस्त्रमा समेत अरबका मुलुकहरुको आर्थिक सहयोगमा निर्भर छ । विशेषगरी साउदी अरबले पाकिस्तानलाई आर्थिक सहयोग गर्छ । भारत आर्थिक रुपमा आफै सामथ्र्यवान छ । उसले चन्द्रमामा समेत यान पठाइसकेको छ । भारत अन्तरीक्ष सेनाको विकास गर्ने अवस्थामा पुगिसकेको छ ।

आणविक अस्त्रले सम्पन्न भएकाले भारत र पाकिस्तानबीचको युद्ध खतरनाक हुनसक्छ । यसले दक्षिण एशियाको शान्तिलाई खलबलाउन सक्छ । आणविक अस्त्रको प्रयोग एक अर्कामाथि गरेमा ठूलो जनधनको क्षति हुनसक्छ ।भारतको अणविक अस्त्र जति सुरक्षित मानिन्छ पाकिस्तानको मानिदैन । भारतको आणविक अस्त्र आतंकवादी समूहको हातसम्म पुग्ने सम्भावना छैन । तर, पाकिस्तानमा रहेको आणविक हतियार आतंकवादी समूहको हातमा पुग्ने खतरा औल्याइएको छ ।

पाकिस्तानसँग भएको आणविक हतियार कट्टरपन्थी तालिवान या अलकायदाको हातसम्म पुग्ने चिन्ताले विश्वका शक्तिशाली देशहरुलाई सतर्क भएका थिए । तालिवान र अलकायदा अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बढी सक्रिय हुनुले यसो भएको थियो । त्यसमाथि अलकायदा नेता ओसामा विन लादने पाकिस्तानको अवोटावादमा अमेरिकी कमाण्डो हमलामा मारिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार
केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए मुख्यमन्त्री राईले
केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए मुख्यमन्त्री राईले
गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास
गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
चुनावी गतिविधिले आर्थिक कारोबारमा वृद्धि
चुनावी गतिविधिले आर्थिक कारोबारमा वृद्धि
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?
स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन
स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन
राप्रपा फुट्नुमा केटीको दोष !
राप्रपा फुट्नुमा केटीको दोष !