भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार

सारांश

  • दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सुरु भएको छ ।
  • पुर्वप्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गर्नु भएको हो ।
  • मेला उद्घाटन गर्दै पुर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सुरु भएको छ । पुर्वप्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गर्नु भएको हो । मेला उद्घाटन गर्दै पुर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । मेला अवलोकन गर्दै कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुख ताक्नु पर्ने अवस्थामा न्युनीकरण हुने अपेक्षा व्यक्त गर्नु भयो । वहाँले नेपाली उत्पादनको प्रयोग गर्न आम नागरिकलाई आग्रह गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सबैलाई आग्रह समेत गर्नु भयो ।

‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।

चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट सुरु गरेको हो । फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिनेछ ।

राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिगं मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए ।
फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ ।

एक्सपोको प्रवद्र्धन काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोको प्रवद्धन गरेका छन् । असोज ९ गतेदेखि संचालन हुने फेस्टिवल सपिंग मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
लिखित जवाफसहित उपस्थित हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश
लिखित जवाफसहित उपस्थित हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश
प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गर्दै भने : लड्डु खाएछन् के पाउँछन् हेर्नुछ
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
नेकपा एमालेको भागमा १५ मन्त्री, योगेशदेखि पद्मा अर्यालसम्मको नाम ! (यस्तो छ सूचीमा)
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ