अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने

सारांश

  • काठमाडौं।
  • सरकारले यही असोज १३ गते ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ।
  • खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो।

काठमाडौं। सरकारले यही असोज १३ गते ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ। खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो। सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन्। उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपील गरिन्।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो। सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो। यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको पनि मन्त्री मगरले बताइन्। अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सक्ने अवस्थामा आई पुगिएको पनि खानेपानी मन्त्रालयको भनाइ छ। नेपालमा खुला दिशामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?