नेकपाले सभामुख नछोड्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
नेकपाले सभामुख नछोड्ने

सारांश

  • नेकपाले सभामुख पद नछोड्ने भएको छ।
  • कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ।
  • ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।

नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’

संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो, अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’

प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए। तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

उपसभामुखको राजीनामाबारे अन्योल
सभामुख पद रिक्त रहेकाले उपसभामुखले कसलाई राजीनामा दिने भन्ने अन्योल छ। संविधानमा सभामुख र उपसभामुखले पदबाट राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था रहे पनि दुवैले कसलाई राजीनामा दिने भन्नेमा मौन छ।

प्रतिनिधिसभा नियमावलीले सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखलाई सम्बोधन गरेर आफ्नो पदबाट लिखित राजीनामा दिन सक्ने व्यवस्था गरेको छ। नियमावलीको नियम २११ को (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ। उपसभामुख वा कुनै सदस्यले पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गर्नुपर्ने हुन्छ।

पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ उपसभामुखले राजीनामा दिँदा ‘सभामुखलाई सम्बोधन’ गरेर दिन सक्ने तर्क गर्छन्। ‘सभामुखलाई नभई सभामुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था नियमावलीमा छ,’ नेम्वाङको तर्क छ, ‘सभामुख नभएको अवस्थामा उपसभामुखलाई राजीनामा दिन केहीले पनि रोक्दैन।’ नियमावलीको नियम २११ को उपनियम २ मा सभामुख वा उपसभामुखमध्ये जसले राजीनामा दिए पनि बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने व्यवस्था गरेको छ। ‘दुवै जनाले राजीनामा दिए बैठकको जेष्ठ अध्यक्षले बैठकमा सुनाउन सक्ने कुरालाई हेक्का राखेर नियमावलीमा यस्तो व्यवस्था गरिएको नेम्वाङको तर्क छ।’

सांसद अधिकारी संविधान तोडमोड नगरेर ‘पोलिटिकल सेटलमेन्ट’ गर्नुपर्ने बताउँछन्। ‘उपसभामुखले म पदमा बस्दिनँ भन्नुभयो भने राजीनामा गर्न सक्नुहुन्छ,’ अधिकारी भन्छन्, ‘तर संविधान तोडमोड गर्नेतर्फ नलागौं।’

सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद नछोडने संकेत गरेको हो।

यस्तो छ अभ्यास
नयाँ संविधान जारी भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकापसमा राजीनामा साटासाट गरे। सभामुखले उपसभामुख र उपसभामुखले सभामुखसमक्ष राजीनामा दिने संसद् नियमावलीको व्यवस्थाअनुसार एकैसाथ दुवै जनाले राजीनामा साटासाट गरेका कारण त्यतिबेला राजीनामाको प्रक्रिया विवादमा परेन। दुवै जनाले राजीनामा दिएपछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे। संसद् सचिवालयले सभामुख र उपसभामुखको नयाँ प्रक्रिया सुरु गर्यो । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
बुढाबुढीको झगडा छुट्याउँदा आफ्नै मृत्यू
सिटिजन्स बैंकले ९ प्रतिसत लाभांश दिने
सिटिजन्स बैंकले ९ प्रतिसत लाभांश दिने
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
क्षमता विकासका कार्यक्रम अभियानका रूपमा अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता
क्षमता विकासका कार्यक्रम अभियानका रूपमा अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
उपहार एफएमले मोक्तान दम्पत्तिलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने
उपहार एफएमले मोक्तान दम्पत्तिलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..