उदयपुरमा आमा छोरीको हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
उदयपुरमा आमा छोरीको हत्या

सारांश

  • गाईघाट २५,असोज।
  • उदयपुरको त्रियुगा नगरपालिका-९ चौकीबारीमा गएराति आमा छोरीको शंकास्पद अवस्थामा हत्या भएको छ।
  • घटनामा ३० वर्षीया सारदाकुमारी चौधरी र ९ वर्षीय रचना चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन्  ।

गाईघाट २५,असोज। उदयपुरको त्रियुगा नगरपालिका-९ चौकीबारीमा गएराति आमा छोरीको शंकास्पद अवस्थामा हत्या भएको छ। घटनामा ३० वर्षीया सारदाकुमारी चौधरी र ९ वर्षीय रचना चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन्  ।

केसीका अनुसार घरमा एक्लै रहेको समयमा आमाछोरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। उनीहरुको शव भर्‍याङमुनि भेटिएको छ । सारदाका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।

‘अहिले घटनास्थलमा अनुसन्धान भइरहेको छ,’  एसएसपी वीरबहादुर बुढामगरले भने, ‘घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ।’ अहिले घटना अनुसन्धानका लागि संघीय प्रहरी ईकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याउने काम भईरहेको समेत प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?