“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय

सारांश

  • काठमाडौँ, २७ असार | राष्ट्रप्रमुखका लागि महँगा विलासी गाडीहरु खरिद गर्न लागिएको भन्ने विषयले व्यापक विवाद निम्त्याएपछि राष्ट्रपति कार्यालयले मूल्य तोकेर सवारी साधन किन्नका लागि प्रस्ताव नगरिएको भन्दै आफ्नो बचाउ गरेको छ।
  • यद्यपि उक्त कार्यालयले अहिले राष्ट्रपतिले प्रयोग गरिरहेको गोली नछिर्ने ‘बुलेटप्रुफ’ गाडी बिग्रिरहने गरेको भन्दै त्यस्तै खालका तीनवटा गाडी चाहिएको बताएको छ।
  • सोमबारै प्रधानमन्त्रीले पनि संसदमा राष्ट्रपति कार्यालयकै जस्तो धारणा राख्दै राष्ट्रपतिलाई नयाँ सवारी साधन आवश्यक रहेकोतर्फ संकेत गरे।

काठमाडौँ, २७ असार | राष्ट्रप्रमुखका लागि महँगा विलासी गाडीहरु खरिद गर्न लागिएको भन्ने विषयले व्यापक विवाद निम्त्याएपछि राष्ट्रपति कार्यालयले मूल्य तोकेर सवारी साधन किन्नका लागि प्रस्ताव नगरिएको भन्दै आफ्नो बचाउ गरेको छ। यद्यपि उक्त कार्यालयले अहिले राष्ट्रपतिले प्रयोग गरिरहेको गोली नछिर्ने ‘बुलेटप्रुफ’ गाडी बिग्रिरहने गरेको भन्दै त्यस्तै खालका तीनवटा गाडी चाहिएको बताएको छ।

सोमबारै प्रधानमन्त्रीले पनि संसदमा राष्ट्रपति कार्यालयकै जस्तो धारणा राख्दै राष्ट्रपतिलाई नयाँ सवारी साधन आवश्यक रहेकोतर्फ संकेत गरे। तर समाजको एउटा कोणबाट राष्ट्रपतिका लागि थप महँगो गाडी खरिद गर्नु आवश्यक नभएको भन्दै तीखो आलोचना भएका छन्।

राष्ट्रपति कार्यालयका अधिकारीहरुका अनुसार अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गर्नका लागि एउटामात्रै ‘बुलेटप्रुफ’ गाडी छ।त्योपनि पटकपटक बिग्रिरहने गरेकाले नयाँ गाडी खरिदका लागि आफूहरुले प्रस्ताव गरेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल बताउँछन् तर कुनै निश्चित बजेट तोकेर गाडीको माग नगरिएको उनको भनाइ छ।

हामीले बुलेटप्रुफ गाडी चाहियो भनेर रक्षामन्त्रालयलाई लेखेको हो। बुलेटप्रुफ भन्नेबित्तिकै मूल गाडीको अगाडि र पछाडि रहने उस्तै खाले गाडी किन्नुपर्नेरहेछ। त्यसैले तीनवटा गाडी चाहिने हो
भूपेन्द्रप्रसाद पौडेल, सचिव, राष्ट्रपति कार्यालय

उनले भने, “हामीले बुलेटप्रुफ गाडी चाहियो भनेर रक्षामन्त्रालयलाई लेखेको हो। बुलेटप्रुफ भन्नेबित्तिकै मूल गाडीको अगाडि र पछाडि रहने उस्तै खाले गाडी किन्नुपर्नेरहेछ। त्यसैले तीनवटा गाडी चाहिने हो”।

बिवाद आए पछी यसरी गरे बचाउ !!!

छापाहरु र सामाजिक सञ्जालमा पोखिएको राष्ट्रपतिको नयाँ गाडीसम्बन्धी विवादले संसदमा पनि प्रवेश पायो। महँगा गाडी खरिदको प्रक्रिया थाल्न लागेको भन्दै सरकारको व्यापक आलोचना भएपछि रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति र सरकारको बचाउ गर्दै जवाफ दिएका थिए। प्रधानमन्त्री देउवाले भने, “राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन। तर राष्ट्रप्रमुखको सुरक्षा हाम्रो दायित्व हो। त्यसका लागि चाहिने बुलेटप्रुफ गाडीहरु किन्नुपर्ने हुनसक्छ”

उनले भने, “राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन। तर राष्ट्रप्रमुखको सुरक्षा हाम्रो दायित्व हो। त्यसका लागि चाहिने बुलेटप्रुफ गाडीहरु किन्नुपर्ने हुनसक्छ”।

देउवाको यो भनाइलाई कतिपयले नयाँ बुलेटप्रुफ गाडी खरिद गर्ने सरकारी तयारीका रुपमा अर्थ्याएका छन्।

आलोचना

अहिले जस्तै तीनवटा बुलेटप्रुफ गाडी खरिद गरिए त्यो बजार मूल्य अनुसार करोडौं रुपैयाँ पर्ने आकलन गरिएको छ। नेपालमा सुरक्षा जोखिम धेरै नरहेकाले त्यस्ता गाडी आवश्यक नपर्ने तर्क गर्छन् प्रशासनविद् तथा पूर्वसचिव द्वारिकानाथ ढुंगेल। उनले भने, “राष्ट्राध्यक्षमाथि सुरक्षा जोखिम छ वा छैन भनेर पहिले हेरिनुपर्छ। तर नेपालमा जोखिम ठूलो देखिँदैन। त्यसैले जुन तरिकाले राष्ट्रपतिका लागि गाडी खरिदको विषय ल्याइएको छ त्यसले जनतालाई निराशमात्रै पारेको छ”।

पछिल्लो विवादमाझ राष्ट्रपति कार्यालयका अधिकारीहरुले संसदमा लामोसमययता अड्किएको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छिटो अगाडि बढाए समस्या हल हुने अपेक्षा गरेका छन्।

तर उक्त प्रस्तावित ऐनमा दफा ४ मा सवारी तथा इन्धन सुविधाबारे उल्लेख त गरिएको छ तर विस्तृत केही नखुलाइ केवल सरकारले उपलब्ध गराउने भनेर लेखिएको छ।

– बिबिसीन्युज नेपालीबाट साभार

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?