ओलीसँग खटपट, नेपालसँग नजिक प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
ओलीसँग खटपट, नेपालसँग नजिक प्रचण्ड

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्।
  • उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्।
  • त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो।

ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा दाहाल पुगेका छन्। नेपाल भने पार्टीको संगठनात्मक एकताका क्रममा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएसम्मका कारण देखाउँदैै ओलीसँग असन्तुष्ट छन्।

दाहालले सोमबार र आइतबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। ती छलफलका विषयमा उनले नेपाल र श्रेष्ठलाई अवगत गराउँदै अब कसरी प्रस्तुत हुने भन्ने सुझाव मागेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाँदै छन्। त्यसअघि सम्भवतः दुई अध्यक्षबीच बुधबार ‘वान अन वान’ छलफल हुनेछ। ओलीसँग स्थायी समिति बैठक (सकभर केन्द्रीय समितिकै बैठक) तत्काल बोलाउने विषयदेखि समझदारी कार्यान्वयन, दुई अध्यक्षकै बीचमा सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँडलगायतमा अडान राख्न दाहाललाई नेपाल र श्रेष्ठले छलफलमा सुझाएको स्रोतले बतायो।

नेकपामा ओली-दाहाल खट्पट
नेकपाभित्र नेताहरूबीच नयाँ समीकरण बन्ने र भत्किने गर्दै आएको छ। पार्टी एकताको १७ महिनामा कहिले दाहाल र ओली त कहिले दाहाल र नेपालबीच सहकार्य हुँदै आएको छ। पछिल्लो पटक दाहाल–नेपाल सहकार्यको सम्भावना बढेर गएको छ। ओली, दाहाल र नेपालमध्ये दुई पक्ष जता मिल्छन् नेकपाको केन्द्रीय समितिमा बहुमत त्यत्तै पुग्ने समीकरण देखिन्छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
Glory Gambling Establishment ️ Play On The Internet On Official Site In India Beauty Casino Could Be The New Online Casino Throughout India Sign Upwards For Glory Casino And See For Yourself That It Will Be One Of The Best Gambling Sites Out There %
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देउवा र मोदीबीच भेटबार्ता सुरु
देउवा र मोदीबीच भेटबार्ता सुरु
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
छोटो कपडा लगाउँदा समुदायबाटै निष्काशित !
छोटो कपडा लगाउँदा समुदायबाटै निष्काशित !
नवराज सिलवालविरुद्धको मुद्दा फेरि ब्यूँतिने!
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे