जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’

सारांश

  • काठमाडौं।
  • सन् २०१६ को जनवरीमा कप्तान पदबाट राजीनामा दिँदै गर्दा भारतका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनीले यसको कारण खुलाएनन् ।
  • तर, २०१९ को विश्वकपसम्म आइपुग्दा उनले राजीनामा दिनुको कारण विस्तारै खुल्दै गयो ।

काठमाडौं। सन् २०१६ को जनवरीमा कप्तान पदबाट राजीनामा दिँदै गर्दा भारतका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनीले यसको कारण खुलाएनन् । तर, २०१९ को विश्वकपसम्म आइपुग्दा उनले राजीनामा दिनुको कारण विस्तारै खुल्दै गयो । धोनी चाहन्थे आफू मैदानमा रहँदै भारतले अर्को कप्तान पाओस् ताकि नयाँ कप्तानले आफूबाट धेरै कुरा सिक्न सकुन् र विश्वकपसम्म पुग्दा कप्तानीका सबै रणनीति सिकुन् ।

धोनीले यो कुरा विश्वकपमा आइपुगेपछि मात्रै खुलासा गरे । धोनीले अझै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छैनन् र अझै पनि मैदानमा उनी नयाँ कप्तान विराट कोहलीलाई केही न केही सिकाइरहेका हुन्छन् । विकेटकिपर धोनी स्टम्पपछाडि रहेर कोहलीलाई भनेका कुराहरु बेलाबेलामा स्टम्पको माइकमार्फत बाहिर पनि सुनिन्छन् ।

अहिले नेपालमा त्यही भएको छ । नेपालका सबैभन्दा सफल कप्तान पारस खड्काले राजीनामा दिएका छन् । राजीनामा दिएलगत्तै उनले राजीनामा दिनुको कारण खुलाएनन् । उनले यत्ति भने ‘क्यानको नयाँ नेतृत्व आएको छ । नेपाल क्रिकेट संघमाथि आइसीसीले लगाएको प्रतिबन्ध पनि फुकुवा भएको छ । यो बेलामा क्यानले नयाँ कप्तान छानेर अघि बढ्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ ।’ पारसले कप्तानबाट राजीनामा दिए तर लगत्तै भने ‘जिम्मेवारी मात्र छाडेको हुँ क्रिकेटबाट सन्यास लिएको होइन । म अझै क्रिकेट खेल्छु ।’

सन् २००९ मा पारस विनोद दासलाई प्रतिस्थापन गर्दै नेपाली क्रिकेटको कप्तान भएका थिए । पारसकै शब्दमा भन्ने हो भने त्यतिबेला उनलाई कप्तान बन्नको लागि तयार रहन भनिएको थिएन । आफू कप्तान बन्ने कुनै पूर्वसंकेत थिएन । एक्कासी कप्तानको जिम्मेवारी दिइयो । सम्भवतः त्यतिबेला एक्कासी आएको जिम्मेवारी पूरा गर्न सुरुवाती चरणमा उनलाई कठिन भयो । यही कारण हुन सक्छ उनी आफू मैदानमा छँदै नयाँ कप्तान तयार गर्न चाहन्छन् ताकि आफूले मैदान छाड्दाको दिन नयाँ कप्तानलाई एक्कासी आएको जिम्मेवारीले थिचिएको महसुस नहोस् । अर्थात सारमा भन्नुपर्दा पारसले धोनीको बाटो लिएका छन् ।

पारस र धोनीबीच कप्तानी छाड्ने विषयमा मात्र समानता छैन । यी दुईबीच धेरै कुरामा समानता छ । यतिमात्र होइन समयले पनि यी दुईबीच निकै दुर्लभ संयोग बनाइदिएको छ । धोनी निकै कूल छन् र उनलाई क्याप्टेन कूल भनेर चिनिन्छ । पारस पनि उस्तै छन् – जस्तोसुकै परिस्थितिमा कूल रहेर कठिन परिस्थितिलाई अनुकूल बनाउने । धोनीले कैयौं पटक कठिन परिस्थितिमा आफ्नो रणनीतिकै दममा खेल उल्ट्याइदिएका छन् । पारसले पनि यस्तो धेरै पटक गरिसके । धोनी टिमका अन्य खेलाडीले साथ नदिँदा पनि एक्लै खेल जिताउन सक्षम छन् । पारसले पनि धेरै पटक एक्लै खेल जिताएका छन् ।

समयले पनि यी दुईबीच दुर्लभ संयोग बनाइदिएको छ । आज पारसले आफ्नो ३२ औं जन्मदिन मनाउँदै गर्दा उता भारतमा महेन्द्र सिंह धोनीको भविष्यको फैसला हुँदैछ । बीसीसीआइका नवनियुक्त अध्यक्ष सौरभ गांगुलीले धोनीको भविष्यका विषयमा छनोटकर्ताहरुसँग छलफल गर्दैछन् । यतिमात्र होइन यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको वर्ष पनि एउटै छ । दुवैले सन् २००४ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

पारसको करिअरलाई नै हेर्दा पनि उनको कप्तानीमा नेपालको उतारचढावले उनलाई सफल कप्तान बन्न कति समय लाग्यो भन्ने बुझ्न सकिन्छ । पारस २००९ मा कप्तान बन्दा नेपाल डिभिजन ५ मा थियो । त्यसपछि १ वर्षको अवधिसम्म नेपाली क्रिकेटमा खासै उल्लेख्य प्रगति देखिएन । सम्भवतः पारसले कप्तानी सिक्दै थिए । उनी कप्तान भएको एक वर्षपछि नेपाली क्रिकेटले क्रमशः फड्को मार्दै २०१४ मा टि–२० विश्वकपसम्मको यात्रा तय गर्यो । टिम उनको नेतृत्वमा धेरै अगाडि बढ्यो तर पारस यो आफूले गरेको ठान्दैनन् । ‘प्रशिक्षक र खेलाडीको सामूहिक प्रयासले यो सम्भव भयो’ उनी भन्छन् ।

पारस नेपालका सबैभन्दा सफल कप्तान मात्र होइनन्, सबैभन्दा सफल खेलाडी पनि हुन् । उनी राष्ट्रिय टिमका भरपर्दा अलराउन्डर र मिडियम फास्ट बलर तथा अफ स्पिन बलर पनि हुन् । यद्यपि पछिल्लो समय उनले बलिङ कम गर्ने गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २३ वर्ष नाघिसक्यो । तर, ठूलो सफलता भने उनकै कप्तानीमा हासिल गर्यो । १० वर्षअघि पारसले कप्तानी सम्हाल्दा डिभिजन ५ मा रहेको टिम अहिले एकदिवसीय क्रिकेट खेल्ने राष्ट्र बनिसकेको छ ।

सन् २००४ मा मलेसियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका पारसको कप्तानीमा नेपाली टिमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि पनि जितिसकेको छ । नेपालले सन् २०१३ को नोभेम्बरमा सम्पन्न खेलमा हङकङलाई अन्तिम बलमा पराजित गर्दै आइसीसी विश्व टि—२० को स्थान बनाएको थियो । त्यसयता नेपाली टिमको सबैभन्दा भरपर्दा खेलाडीको रुपमा खेल्दै आएका पारसले यसै महिना विश्व रेकर्ड समेत बनाए । टि–२० अन्तर्राष्ट्रियमा लक्ष्य पच्छ्याउँदै शतक प्रहार गर्ने पारस एकमात्र कप्तान हुन् ।

कप्तानबाट राजीनामा दिँदै गर्दा पारसले क्रिकेट संघप्रति पनि ठूलो अपेक्षा देखाएका छन् । उनले भनेका छन् ‘अब नेपाली क्रिकेटलाई माथि लैजानका लागि खेलाडीको मेहनतले मात्रै पुग्दैन । अब आशा गरौँ, जो जो व्यक्तिहरु जिम्मेवारीका लागि तयार भएर आउनु भएको छ उहाँहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुहुने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि