चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
५५ पटक हेरिएको
Shares
चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी

सारांश

  • यहाँका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ ।
  • भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ ।
  • उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो ।
यहाँका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले तीन हजार १८३ मत प्राप्त गर्नुभयो भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गर्नुभएको हो । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याउनुभएको थियो ।
खैरहनीकै वडा नं ५ मा नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नुभएको छ । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।
प्यूठान ः प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी हुनुभएका हो । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गर्नुभएको थियो ।
अछाम ः मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी हुनुभएको छ । नेपाली काँग्रसबाट उम्मेदवार रहनुभएका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी हुनुभएको हो । कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गर्नुभयो ।
नेपाली काँग्रेसबाट निर्वा्चित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र काँग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो । झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र काँग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
सभामुख महरा लरबराएपछि…
सभामुख महरा लरबराएपछि…
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
कोरोना भाइरसको प्रकोपबाट बच्न सतर्कता अपनाउदै इद उल फित्र मनाउन प्रम ओलीको अनुरोध
अश्लीलताको आरोपमा ७ विदेशीलाई देशनिकाला
अश्लीलताको आरोपमा ७ विदेशीलाई देशनिकाला
बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज
बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल