प्याजको भाउ ह्वात्तै घट्यो तर कसरी ?
सारांश
- दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ ।
- भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।
- प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ ।
दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।
प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो । १ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ । राजधानी दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया