गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी

सारांश

  • रत्ननगर, १३ पुस स् भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो ।
  • श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो ।

रत्ननगर, १३ पुस स् भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो । श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो ।

“प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ”, प्रहरी उपरीक्षक मल्लले भने, “रङ्गशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने छ । रङ्गशाला निर्माणको काममा सकेको सहयोग गर्न तयार छौँ ।” प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ ।

रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ । कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

कट्टेलका अनुसार निर्माणमा खर्चको अधारमा रकम सङ्कलन गर्न सकिएको छैन । रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उनको भनाइ छ । रङ्गशालाको काम युद्धस्तरमा बढेको छ । दैनिक रु १० लाख खर्च लाग्ने गरी काम अघि बढाइएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रङ्गशालको काम तीव्ररूपमा अघि बढिरहेको छ । निर्माणकार्यले गति लिएपछि रङ्गशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषालले बताए । रङ्गशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेशनले व्यवस्था मिलाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मलाले दिइन् राजीनामा
कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मलाले दिइन् राजीनामा
भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार
भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन
काठमाडौं टावर र पाइलटबीचको अन्तिम संवाद यस्तो थियो
काठमाडौं टावर र पाइलटबीचको अन्तिम संवाद यस्तो थियो
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र