अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा एक्लो उम्मेद्धवार दिएका सांसद अग्नि प्रसाद सापकोटाको विरोधमा माईतीघरमा जुलुश निकाल्नु र विरोध प्रदर्शन गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् ।
  • ललितपुरको खुमलटारस्थित् आफ्नो निवासमा समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै नेता दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
  • प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य सापकोटाविरूद्ध आज माइतीघर मण्डलमा प्रदर्शन गरिएपछि सोधिएको प्रश्नमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा एक्लो उम्मेद्धवार दिएका सांसद अग्नि प्रसाद सापकोटाको विरोधमा माईतीघरमा जुलुश निकाल्नु र विरोध प्रदर्शन गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् ।

ललितपुरको खुमलटारस्थित् आफ्नो निवासमा समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै नेता दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य सापकोटाविरूद्ध आज माइतीघर मण्डलमा प्रदर्शन गरिएपछि सोधिएको प्रश्नमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो। हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

अध्यक्ष दाहालले सभामुखका उम्मेद्धवार सापकोटाको विरोधमा माईतीघरमा विरोध गर्नुको कुनै औचित्य नभएको जिकिर गरे । उनले भने,‘जाडोमा माईतीघरमा उफ्रिएर केही हुँदैन् ।’ उनले अग्नि सापकोटाको विरोध गर्नेलाई ‘चिसो खान माईतीघरमा कुर्लिएर केही हुँदैन् । चिसो हावामा नबस्नुहोस्’ भन्ने सन्देश दिएका थिए । उनले सापकोटा सभामुखको साझा उम्मेद्धवार भएको सुनाउँदै अब विरोध गर्नु औचित्यहीन भएको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?