मुस्ताङमा छैन कोरोनाको चिन्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
मुस्ताङमा छैन कोरोनाको चिन्ता

सारांश

  • छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन ।
  • चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ ।

छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पूरै ठप्प भएको हो । कोरल्ला नाकासमेत पूर्णरूपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको प्रभावसमेत परेको छैन । उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ्गसम्मको हिउँ सफा गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुनसकेको छैन । कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयातसमेत बन्द छ । “कालीगण्डकी करिडोरमा जमेको हिउँ हटाउने सम्भावना तत्काललाई छैन”, प्रजिअ अर्यालले भन्नुभयो, “कालीगण्डकी नदीमा खोलैखोला हिउँ सफा गरेर सडक यातयात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।”

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्गसम्मको हिउँ सफा गरिसकेको र चराङ्गदेखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ । गाउँपालिकाले एक÷दुई दिनभित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताउनुभयो ।

जाडो शुरु भएपछि मुस्ताङी बेँसी झर्ने गर्दछन् । सिङ्गो लोमान्थाङ गाउँपालिकाभर १०० भन्दा बढी मानिस जाडोयाममा बसेका छैनन् । भेडा, च्याङ्ग्रा र घर कुर्नका लागि केही मानिस बसे पनि सबै बेँसीमा झरेका छन् । कोरल्ला नाकासमेत बन्द भएका कारण कोरोना भाइरसको समेत प्रभाव परेको छैन । “मानिस प्रायः घर बाहिर ननस्किने र सीमामा दोहोरो आवतजावतसमेत नरहेका कारण कोरोनाको प्रभाव छैन”, प्रजिअ अर्यालले भन्नुभयो ।

यसैबीच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मीलगायतले सरसफाइ तथा हिउँ पन्छाउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सैनिक उच्चशिखर शिक्षालयका सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयवासीलगायतबाट मुक्तिनाथको पहिलोद्वारदेखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छाइएको हो । लगातार तीनपटक परेको हिमपातले मुक्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्वारसम्मको करीव दुई किलोमिटर पैदल बाटोमा दुई फिट हिउँ जमेपछि तीर्थालुलाई मन्दिर पुग्न कठिनाइ परेको थियो ।

रानीपौवा बजारदेखि मुक्तिनाथसम्मको दूरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तीर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चापले स्वदेशी तीर्थालुभन्दा भारतीय तीर्थालुलाई बढी समस्या पर्दै आइरहेको थियो । बाँक्लो हिउँमा पैदलयात्रा गर्दा तीर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो । हिउँले भरिएको पैदलमार्गमा स्थानीयवासीले तीर्थालुलाई बोकर वा स्ट्रेचरमा राखेर लाने र ल्याउने गरेका थिए । सुरक्षाकर्मीले बाटोको हिउँ पन्छाएपछि तीर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान (फोटोफिचर)
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

तपाईंले छुटाउनुभयो कि?