आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय

सारांश

  • काठमाडौं, २४ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शुक्रबार) दिउँसो बस्ने संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ ।
  • आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको सचेतक पुष्पा भुषालले जानकारी दिईन् ।

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शुक्रबार) दिउँसो बस्ने संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको सचेतक पुष्पा भुषालले जानकारी दिईन् ।

शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।

आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँधेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको काग्रेसको आरोप छ । यही प्रकरणमा कांग्रेसले हिजो बसेको संसद बैठक पनि अवरुद्ध गरेको थियो । सचेतक भुषालले सम्बोधन गरेलगत्तै कांग्रेस संसदहरु उभिएर विरोध गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?