बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान
सारांश
- शनिबार काठमाडौँको बौद्धनाथ परिसरमा नेपाल शेर्पा संघको बागमती प्रदेश समितिले रक्तदान कार्यक्रम आयोजना गर्यो ।
- २१४७ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब सय जनाले रक्तदान गरेको नेपाल शेर्पा संघ बागमती प्रदेश समितिका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
- संघको बागमती प्रदेश समितिले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै रक्तदानका लागी आफुहरुले सोचेभन्दा बढि सहभागिता भएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
शनिबार काठमाडौँको बौद्धनाथ परिसरमा नेपाल शेर्पा संघको बागमती प्रदेश समितिले रक्तदान कार्यक्रम आयोजना गर्यो । २१४७ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब सय जनाले रक्तदान गरेको नेपाल शेर्पा संघ बागमती प्रदेश समितिका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

संघको बागमती प्रदेश समितिले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै रक्तदानका लागी आफुहरुले सोचेभन्दा बढि सहभागिता भएको अध्यक्ष शेर्पाले जानकारी दिए । रगतको आवश्यकता जोकोहीलाई पनि पर्न सक्ने भएकाले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको उनको भनाई छ ।

शेर्पा समुदायको हक, अधिकार जगेर्ना र कलासंस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित शेर्पा संघले विविध कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया