आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिन मनाउन जन्म घर तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर २ को इवा, पोखरीस्थित घरमा जाँदैछन्।
  • यही फागुन ११ गते उनी ६८ वर्ष पुग्दैछन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिन मनाउन जन्म घर तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर २ को इवा, पोखरीस्थित घरमा जाँदैछन्। यही फागुन ११ गते उनी ६८ वर्ष पुग्दैछन्। ६९ औं जन्म दिनलाई भव्य बनाउने तयारी इवा, पोखरीमा शुरु भइसकेको छ।

यो जन्मघरमा  जन्म दिन मनाउने ओलीको धोको पुरा गर्न भने त्यति सजिलो थिएन। धेरै वर्ष अगाडि ओलीका बाबु मोहनप्रसाद ओलीले यो घर र आफ्नो जग्गा बेचिसकेका थिए। उनीबाट त्यो जग्गा किन्नेले पनि अर्को व्यक्तिलाई बेचेका थिए।

पछिल्लो पटक यो घर र जग्गा स्थानीय खगेन्द्र तामाङको स्वामित्वमा थियो। दुई वर्ष अगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घर र बारी किन्ने विचार गरेर मानिसहरुलाई खटाए। सो घर किन्ने काममा सहयोग गरेका एक व्यक्तिका अनुसार ओलीले दुई वर्ष अगाडि सो घर र केही जग्गा साढे १० लाख रुपैयाँमा किनेका हुन्।
ओलीले त्यहाँ प्रचलित मुल्यभन्दा पनि धेरै रुपैयाँ दिएर किनेको सहयोगीले बताए। उनका अनुसार गाउँमा ५ देखि ७ लाख बराबरको मूल्य चल्तीमा रहेको बेला खगेन्द्रले १० लाख रुपैयाँ मुल्य गरेका थिए। तर, ओलीले त्यसमा ५० हजार थपेर जग्गा किनेको सो जग्गा किन्दाका एक सहयोगीले बताए। त्यतिबेला ओलीले साढे २५ रोपनी जग्गा किनेका थिए।
ओलीले सो गाउँमा थप २२५ रोपनी जग्गा किन्ने अन्तिम तयारी गरेका छन्। २५० रोपनी जग्गा किनेपछि आफू जन्मेको घरलाई संरक्षण गर्ने र जग्गामा पोलिटेक्निक इन्स्टिट्युट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइको छ।

यही फागुन ११ गतेको जन्मदिनका लागि आइतबार जिल्लाबाट सुरक्षा अधिकारी र पार्टीका नेताहरु इवा पोखरी पुगेका थिए। पार्टीका नेताहरुले त्यहाँ रहेको पोखरी उच्च माध्यमिक विद्यालयमा स्थानीयलाई भेला गरेर जन्मदिन भव्य मनाउनेबारे जानकारी दिएका छन्। साथै सोही दिन इवा, पोखरीलाई मदन भण्डारीको जन्म गाउँ ताप्लेजुङको ढुंगेसाँघु जोड्ने मोटरबाटोलाई पीच गर्ने कार्यको शिलान्यास गरिने जानकारी दिइएको छ। र सोही दिन साहित्यिक कार्यक्रमसमेत गरिने नेपाल प्रज्ञा प्रष्ठिानका अधिकारीहरुले माइकिङ गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
परराष्ट्र मन्त्री साउदद्वारा सपथ ग्रहण
परराष्ट्र मन्त्री साउदद्वारा सपथ ग्रहण
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा आरधना गरिंदै
बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा आरधना गरिंदै
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान