गौरीशंकरको मार्बुमा ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४१ पटक हेरिएको
Shares
गौरीशंकरको मार्बुमा ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै

सारांश

  • गौरीशंकर गाउँपालिका वडा नं.
  • ७ स्थित मार्बु गाउँमा दीर्घायू अभिषेक (वाङ) आयोजना गरिने भएको छ ।
  • च्याग फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा गरिन लागिएको उक्त दीर्घायू अभिषेक फागुन १४ गते हुँदैछ ।

गौरीशंकर गाउँपालिका वडा नं. ७ स्थित मार्बु गाउँमा दीर्घायू अभिषेक (वाङ) आयोजना गरिने भएको छ । च्याग फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा गरिन लागिएको उक्त दीर्घायू अभिषेक फागुन १४ गते हुँदैछ । अभिषेकका तथा प्रवचनका लागि सिक्किमबाट टुल्कु छिरिङ दोर्जे रिन्पोछे उपस्थित हुने गौरीशंकर गाउँपालिका वडा नं. ७ का अध्यक्ष आङ दोर्जे शेर्पाले बताए ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष तथा धर्मगुरु आचार्य नुर्बु शेर्पा खेन्पो पेम छिरी शेर्पा पनि सहभागि हुने अध्यक्ष शेर्पाले जानकारी दिए । वाङ कार्यक्रममा विहान ८ देखि १२ बजेसम्म ल्हाप्सो पूजा तथा वाङ एवम् प्रवचनको तालिका रहेको छ ।

वाङ कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ गर्दैछन् । मन्त्री गुरुङबाहेक कार्यक्रममा संघीय सांसद जिपछिरिङ लामा, शान्ती पाख्रिन, बागमती प्रदेश सांसद पशुपति चौलागाई, विशाल खड्का, आङदेण्डी शेर्पा, सरस्वती बस्नेत, हिमाली गोले, रचना खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्लामा सुरक्षा निकायका प्रमुख, ९ वटै स्थानीयका प्रमुख तथा वडाध्यक्ष लगायतको पनि सहभागिता रहने छ ।

दीर्घायू वाङ तथा प्रवचन पछि विविध सांस्कृतिक कार्यक्रम तथा डिजे सेसन समेत हुने वडाध्यक्ष आङ दोर्जे शेर्पाले बताए । सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, गम्बु शेर्पा, लाकफुरी शेर्पा, टासी शेर्पा, दिपेश गुरुङ डिजे तेन्जिङ शेर्पा लगायतका कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रमको आयोजक छम्बा गुम्बा व्यवस्थापन समिति रहेको छ ।

(www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
डाक्टर केसी फेरि अनसन बस्लान् त?
डाक्टर केसी फेरि अनसन बस्लान् त?
संसदीय विकास समितिमा ठेकेदार नै सांसद
संसदीय विकास समितिमा ठेकेदार नै सांसद
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु