२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
सारांश
- २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।
- २०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो ।
- नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको र नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ ।
२०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।
२०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको र नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ ।
२०३१ सालमा दरबारले तत्कालीन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी कालापानीबाट भारतीय सेना हटे र नहटेको बारेमा जानकारी गराउन निर्देशन दिएको प्रमाण भेटिएको छ ।
दरबारको निर्देशनपछि तत्कालीन सरकारले यस विषयमा फिल्डमै गई अध्ययन गर्न एउटा टोली गठन गरेको थियो । स्रोतका अनुसार २०३० सालमा परराष्ट्र र गृहका प्रतिनिधि पुरुषोत्तम रेग्मी र हरिप्रसाद खत्री कालापानी क्षेत्रमा गई तत्कालीन सरकारलाई झण्डै ४० पेज लामो प्रतिवेदन बुझाएको आजका नागरिक दैनिकमा खवर छ ।
प्रतिक्रिया