शीतल निवासमा भएको उच्चस्तरीय भेटघाटमा के के भयो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ११, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • बुधबार शीतल निवासमा उच्चस्तरीय भेटघाट भएको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेतासँग भेटघाटको आयोजना गरेकी हुन्।

काठमाडौं । बुधबार शीतल निवासमा उच्चस्तरीय भेटघाट भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेतासँग भेटघाटको आयोजना गरेकी हुन्।

भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलबीच देखापरेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू खुशी भएको बताएकी छन्। उनले यसका लागि सबैलाई धन्यवादसमेत दिएकी छन्।

राष्ट्रपतिले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शीत हुँदै आएकामा खुशी व्यक्त गरेकी हुन्। उनले यो अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिएकी छन्। कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत राष्ट्रपतिले गरेकी छन्।

राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजीविरुद्ध थुप्रै उजुरी
मिटरब्याजीविरुद्ध थुप्रै उजुरी
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
Oxford Invites Kailash Panday [CA, LLB-A Perfect Blend] ❚ He needs your Support.
Oxford Invites Kailash Panday [CA, LLB-A Perfect Blend] ❚ He needs your Support.
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
आजको राशीफल
आजको राशीफल
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’

तपाईंले छुटाउनुभयो कि?