ललितपुरको लुभु सिल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
ललितपुरको लुभु सिल

सारांश

  • काठमाडौं २८ असार ।
  • काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ ।
  • योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।

काठमाडौं २८ असार । काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।

कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ तीन वटा वडा लुभु सिल गरिएको छ । बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो ।

वडाअध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं। ८ का वडाअध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?