‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
४० पटक हेरिएको
Shares
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’

सारांश

  • काठमाडौं, ३१ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्विस बैंकमा डलर रकम रहेको भनेर विभिन्न अनलाईन सञ्चारमाध्यममा आएका समाचार शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट पारेका छन् ।
  • सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो स्पष्ट पारेका हुन् ।

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्विस बैंकमा डलर रकम रहेको भनेर विभिन्न अनलाईन सञ्चारमाध्यममा आएका समाचार शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो स्पष्ट पारेका हुन् ।

थापाले लेखेका छन्,’स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?