नाम दर्ता गराउनेको संख्या बढ्दो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नाम दर्ता गराउनेको संख्या बढ्दो

सारांश

  • रामपुर (पाल्पा), ६ साउन ।
  • फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पाल्पामा बढ्दै गएको छ ।
  • साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा हालसम्म एक हजार ११५ जनाले दर्ता गराएका छन् ।

रामपुर (पाल्पा), ६ साउन । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पाल्पामा बढ्दै गएको छ ।

साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा हालसम्म एक हजार ११५ जनाले दर्ता गराएका छन् । तीमध्ये ६८० पुरुष र ४८५ महिला रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो ।

साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय पाल्पामा र १६ गतेदेखि २५ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?