नारायणीले बगायो केटो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
३० पटक हेरिएको
Shares
नारायणीले बगायो केटो

सारांश

  • नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ ।
  • निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।
  • निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो ।

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।
निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । “निकुञ्जको दूर्गम क्षेत्रबाट( कोर एरिया) आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उहाँले भन्नुभयो, “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास ग¥यौँ तर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पु¥याएको उहाँले जानकारी दिनुभयो ।
केटोलाई भारत पु¥याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उहाँको भनाइ छ । “अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उहाँले भन्नुभयो, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।” यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
झोलामा राखेको ७ दिनको बच्चा बसमा रोएपछि…
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?
विश्व कोरोना भाइरससँग जुधीरहँदा उत्तर कोरियाले किन यस्तो गर्यो ?
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

तपाईंले छुटाउनुभयो कि?