जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
३३ पटक हेरिएको
Shares
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

सारांश

  • जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।
  • वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ ।
  • महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको सङ्ख्या २१ लाख ४० हजार पुगेको छ ।

जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो सङ्ख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत)मा कुनै परिवर्तन नदेखिएको पनि तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पु¥याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित
डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर एक युवती बेपत्ता
सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर एक युवती बेपत्ता
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता:  यस्तो भयो सहमति ?
अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता: यस्तो भयो सहमति ?
एकैदिन ९ हजारभन्दा बढि कोरोना संक्रमित पुष्टि
एकैदिन ९ हजारभन्दा बढि कोरोना संक्रमित पुष्टि
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए
सभामुखले यस्तो दिए ल्होसारको शुभकामना

तपाईंले छुटाउनुभयो कि?