मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन

सारांश

  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
  • आज नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
  • राईविरुद्ध प्रचण्ड समूहका इन्द्रबहादुर आङ्बो अविश्वासको प्रस्तावको प्रस्तावक छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

राईविरुद्ध प्रचण्ड समूहका इन्द्रबहादुर आङ्बो अविश्वासको प्रस्तावको प्रस्तावक छन् । उनीसहित ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरको निवेदन दर्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरेपछि त्यसलाई सदर गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको घोषणा गरेसँगै प्रदेशसभामा समेत कम्पन आएको हो । नेकपा विभाजन भएसँगै प्रदेशमा समेत सरकारहरु संकटमा परेका छन् । शुक्रबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?