सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
५४ पटक हेरिएको
Shares
सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

सारांश

  • जिल्ला सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ।
  • चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।
  • कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन्।

जिल्ला सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन्। जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो।

हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ। हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए।

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ। दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ। एक भारी दाउराको सिमकोटमा एक हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ। लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन
अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा,  सरकारलाइ ठाडाे चुनाैती !
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा, सरकारलाइ ठाडाे चुनाैती !
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर
भाषणले मात्रै देश बन्दैन भन्दै जोशीको कटाक्ष
भाषणले मात्रै देश बन्दैन भन्दै जोशीको कटाक्ष
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
क्षमताभन्दा तेब्बर कैदीबन्दी
क्षमताभन्दा तेब्बर कैदीबन्दी
शनिबारको मौसमः तराईमा हुस्सु र  हिमाली भेगमा हिमपातकाे सम्भावना
शनिबारको मौसमः तराईमा हुस्सु र हिमाली भेगमा हिमपातकाे सम्भावना