बिहारका मुख्यमन्त्री नीतीशद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बिहारका मुख्यमन्त्री नीतीशद्वारा राजीनामा

सारांश

  • काठमाडौं : भारत बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारले राजीनामा दिएका छन् ।
  • गठबन्धनलाई नै अप्ठेरो पार्ने गरी नितिशकुमारले राजीनामा दिएका हुन् ।
  •  गठबन्धनका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नितिशकुमारले राजीनामा दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

काठमाडौं : भारत बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारले राजीनामा दिएका छन् । गठबन्धनलाई नै अप्ठेरो पार्ने गरी नितिशकुमारले राजीनामा दिएका हुन् । गठबन्धनका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै नितिशकुमारले राजीनामा दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

मुख्यमन्त्री नितिशकुमारले राज्यपाल केशरीनाथ त्रिपाठीलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो अन्तरआत्माबाटै राजीनामा दिएको बताएका छन्।

नितिशकुमारले भ्रष्टाचार प्रकरणमा मुछिएका लालु यादवका छोरालाई उपमुख्यमन्त्री पदबाट हटाउनुपर्ने दबाबका लागि राजीनामा दिएको बताइएको छ । लालु यादवका छोरा तेजस्वी यादवलाई बिहारको उपमुख्यमन्त्री पदबाट हटाउनुपर्ने माग राख्दै आएका नितिशले बिहीबार साँझ राज्यपाल समक्ष राजीनामा बुझाएका हुन् ।

नितिशको राजीनामा सँगै जनता दल युनाइटेड र लालु यादवको महागठबन्धन टुटेको छ । नितिशले मने गठबन्धन टुटेको विषयमा आफूले कसैलाई आरोप नलागाउने बताएका छन् ।

उता नितिशको राजीनामा आए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने भ्रष्टाचारविरुद्धको लडाईंमा सामेल भएको भन्दै बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत् मोदीले बधाई दिएका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?