६०० ले उकालो लाग्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
२४ पटक हेरिएको
Shares
६०० ले उकालो लाग्यो सुनको मूल्य

सारांश

  • स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।
  • बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।

बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै, चाँदी तोलामा रु १५ ले बढेको छ । बुधबार रु एक हजार २६० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?