क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १६, २०७७
|
|
३७ पटक हेरिएको
Shares
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ

सारांश

  • क्यानडा पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा शिसुवा बस्ने पर्वत मोदी स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मा मंगलबार पक्राउ परेका हुन् ।
  • बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने बिश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि उनीहरुबाट रकम समेत लिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिश्वकर्मालाई पोखरा रामबजारबाट पक्राउ गरेको जनाएको छ ।

क्यानडा पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा शिसुवा बस्ने पर्वत मोदी स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मा मंगलबार पक्राउ परेका हुन् ।

बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने बिश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि उनीहरुबाट रकम समेत लिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिश्वकर्मालाई पोखरा रामबजारबाट पक्राउ गरेको जनाएको छ ।

बिश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । बिश्वकमामाथि ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?