मुग्लिन–नारायणगढ सडकको विकल्प, त्रिशूलीपारी दुई लेनको सडक बन्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
मुग्लिन–नारायणगढ सडकको विकल्प, त्रिशूलीपारी दुई लेनको सडक बन्ने

सारांश

  • सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्प अघि सारेको छ ।
  • मुग्लिन–नारायणगढ सडक दिनप्रतिदिन पहिरो तथा जामको समस्याले गस्रित हुनथालेपछि सरकारले अर्को सडक बनाउने योजना अघि सारेको छ ।
  • मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको छ ।

सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्प अघि सारेको छ ।

मुग्लिन–नारायणगढ सडक दिनप्रतिदिन पहिरो तथा जामको समस्याले गस्रित हुनथालेपछि सरकारले अर्को सडक बनाउने योजना अघि सारेको छ । मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको छ । मुग्लिन पारि त्रिशुलीको तिरै–तिरका क्षेत्रलाई समेटेर सडक बनाउन एसियाली विकास बैंक (एडीबी) अन्तरगतको सडक आयोजना निर्देशनालयले तयारी थालेको हो ।

सम्भाब्यता अध्ययनका लागि परामर्शदाता छान्न टेण्डर भइसकेको आयोजनाका निर्देशक केशवकुमार शर्माले जानकारी दिए । अबको एक वर्षभित्र सम्भाब्यता अध्ययन सक्ने र उचित देखिए विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सुरु गरिने सरकारको योजना रहेको शर्माले बताए । वैकल्पिक सडक परियोजनामा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । योजनाअनुसार मुग्लिन पारि त्रिशुली तिरमा झण्डै २५ किलोमिटर सडक बन्ने छ । यो सडक दुई लेनको हुनेछ ।

मुग्लिन–नारायणगढ सडकखण्ड ९ मिटरको बनाउँदा अहिले त केही सहज हुन्छ । तर, भोलिका दिन सवारीको चाप थेग्न नसक्ने र सुविधायुक्त यातायात सेवा प्रभावित हुने सरकारले निश्कर्ष निकाल्दै अर्को विकल्प अघि सारेको हो ।

सडकको निर्माण गर्न कति लागत लाग्छ भन्ने डीपीआरपछि मात्रै टुंगिनेछ । डीपीआरपछि ट्रयाक खोल्ने र त्यसपछि केही वर्षभित्रै कालोपत्रे गरेर सडक सञ्चालन गरिनेछ । मुग्लिन–नारायणगढ सडकखण्डमा जाम तथा काठमाडौं आउने सडकलाई साँघुरो अवस्थामा सञ्चालन गर्न नसकिने भएपछि सरकारले त्रिसुली पारीको तिरैतिरमा सडक बनाउने योजना अघि बढाएको आयोजनाका निर्देशक शर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशाला व्यवस्थापन गर्न इस्कोनसँग सहकार्य
गौशाला व्यवस्थापन गर्न इस्कोनसँग सहकार्य
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स
सडक भत्काएर ठेकेदार फरार
सडक भत्काएर ठेकेदार फरार
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा

तपाईंले छुटाउनुभयो कि?