उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १८, २०७७
|
|
२० पटक हेरिएको
Shares
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

सारांश

  • उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ ।
  • एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।
  • त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए ।

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।

त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए ।

अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनांै सामुदायिक वनमा डढेलो बढ्दै गएको छ । सो आसपासका गाउँ उच्च जोखिममा छन् ।

डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् । हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताउ । जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु
डिआइजी सहित पत्रकारको दुर्घटनामा मृत्यु
सरकारको ९ महीना- देखिएन ‘डिपार्चर’
सरकारको ९ महीना- देखिएन ‘डिपार्चर’
मानव अधिकार आयोगले भन्यो–स्थानीय तह निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण भएन
मानव अधिकार आयोगले भन्यो–स्थानीय तह निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण भएन
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ
हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ

तपाईंले छुटाउनुभयो कि?