घाटा कम गर्न फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
१७ पटक हेरिएको
Shares
घाटा कम गर्न फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

सारांश

  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ ।
  • पछिल्लो निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।
  • नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर १०३ पुगेको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ । निगमले यसअघि फागुन ४, १७ र चैत ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

फागुन यतामात्रै चार पटक मूल्य बढाईसकेको निगमले आजबाट लागू भएको मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा एलपी ग्यासमा चार सय १८ रुपैयाँ ४७ पैसा घाटाकम हुने देखिन्छ । भई करिब

मूल्य समायोजनबाट ८८ करोड रुपैयाँ बराबरको घाटाकम हुने देखिन्छ । हाल निगम मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबर घाटामा रहेको छ ।

(theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?