ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
सारांश
- नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ ।
- आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो ।
- नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए ।
नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ । आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो ।
नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए । यद्यपि, उनले आफूहरु जहिले पनि एकताको पक्षमा रहेको स्पष्ट पारे ।
ओलीले आइतबार ६ बुँदे एकता प्रस्ताव सारेका थिए । जसअनुसार माधवकुमार नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि गरेको प्रस्तावबाट पछि हट्नुपर्ने र त्यसपछि २ जेठ २०७५ को अवस्थामा पार्टीको संरचना र संगठनलाई लगिने उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया