देउवाको पक्षमा १६५, विपक्षमा ८३ मत

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३, २०७८
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा १६५ मत परेको छ ।
  • उनलाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्र ४९, जनता समाजवादी पार्टीका ३२ र नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् ।
  • प्रतिनिधि सभाका कुल २६७ सांसदमध्ये कुल २४९ सांसदहरु मतदानमा उपस्थित भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा १६५ मत परेको छ । उनलाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्र ४९, जनता समाजवादी पार्टीका ३२ र नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् ।

प्रतिनिधि सभाका कुल २६७ सांसदमध्ये कुल २४९ सांसदहरु मतदानमा उपस्थित भएका थिए । देउवाको विश्वासको मतको विपक्षमा ८३ मत परेको थियो । कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पुगेको छ । नेकपा एमालेको केपी शर्मा ओली पक्षले विपक्षमा मतदान गरेको हो ।

दिनभर नाटकीय घटनाले नयाँ मोडहरु लिनुका बाबजुद देउवाले विश्वासको मत पाएका हुन् । उनलाई सुरुमा एमालेको माधव नेपाल पक्षका २३ भन्दा बढी सांसदले मत दिने अपेक्षा गरिएको थियो । तर, नेपाल पक्षमै विभाजन आएर संख्या घट्यो ।

यसैगरी, साँझ जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको पक्षमा मतदान गर्ने घोषणा गर्यो । यसले नेपाल पक्षका बढी भन्दा बढी सांसदले मत नदिने घोषणा गर्न थाले । जसका कारण संख्या घट्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?