मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
सारांश
- मुगुमा आगलागीमा परेका २० घरका परिवारको सहयोगका लागि आज काठमाडौँको बौद्धमा रहेको उत्पला क्याफेमा च्यारिटी सो हुँदैछ ।
- आज साँझ ५ः३० बजे हुने च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन हुँदैछ ।
- शेल फिल्मस्ले आयोजना गरेको च्यारिटी सोबाट उठेको रकमले २० घरका आगलागी पीडित ८० जनालाई ज्याकेट प्रदान गरिने फिल्मका निर्देशक भिक्षु सेल्नाङ ग्याम्जोले बताए ।
मुगुमा आगलागीमा परेका २० घरका परिवारको सहयोगका लागि आज काठमाडौँको बौद्धमा रहेको उत्पला क्याफेमा च्यारिटी सो हुँदैछ । आज साँझ ५ः३० बजे हुने च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन हुँदैछ । शेल फिल्मस्ले आयोजना गरेको च्यारिटी सोबाट उठेको रकमले २० घरका आगलागी पीडित ८० जनालाई ज्याकेट प्रदान गरिने फिल्मका निर्देशक भिक्षु सेल्नाङ ग्याम्जोले बताए ।
भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन् । पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागिएको हो । शेल फिल्मस्ले आयोजना गरेको च्यारिटी सोलाई उत्पला क्याफेले इभेन्ट पार्टनरको रुपमा साथ दिएको छ । त्यस्तै च्यारिटी सोको क्लोथिङ पार्टनरको रुपमा डोक्पा रहेको छ ।
आज हुने च्यारिटी सोमा ५ हजार र ७ सय रुपैयाँको दुई प्रकारको टिकट रहेको छ । साँझ ५ः३० बजेदेखि सुरु हुने च्यारिटी सोको आकर्षणका रुपमा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल निर्देशक मीनबहादुर भाम र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ रहेका छन् । फिल्म प्रदर्शन सकिएपछि दुवै चलचित्रकर्मीसँग चलचित्र सम्बन्धी अन्तरक्रियाको व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया