विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
३४ पटक हेरिएको
Shares
विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

सारांश

  • काठमाडौं ।
  • न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ ।
  • सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन जना न्यायाधीशलाई छानबिनका लागि काजमा झिकाएको छ ।

काठमाडौं । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले हालसम्म तीन जना न्यायाधीशलाई छानबिनका लागि काजमा झिकाएको छ ।

१३ चैत २०७८ मा जर्बजस्ती करणी मुद्दामा पीडितलाई जेल सजाय गर्दै पीडकलाई उन्मुक्ति दिने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई न्यायपरिषद्ले काजमा झिकाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीले गरेको फैसला विवादमा परेकाले प्रारम्भिक छानबिनका लागि काठमाडौं झिकाएका हुन् । न्यायाधीश जोशीलाई जर्बजस्ती करणी मुद्दामा न्यायिक विचलनमा परेर फैसला गरेको र कार्यक्षमताको अभावको कारण देखाउँदै काजमा झिकाइएको न्यायपरिषद् स्रोतले जानकारी दियो । उनको स्थानमा अर्को न्यायाधीश पठाउने तयारीमा रहेको न्यायपरिषद्ले जनाएको छ ।

न्यायाधीश जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई निष्क्रिय रहेको मुलुकी फौजदारी कार्यविधिसम्बन्धी अध्यादेशलाई आधार बनाएर पीडितलाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । सो फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालत दिपायलमा पुनरावेदनमा जाने तयारीमा रहेको छ । न्यायाधीश जोशीको इजलासले पीडित पक्ष भनेकालाई बयान फेरेको आधारमा जेल सजाय सुनाएको थियो भने पीडकलाई उन्मुक्ति दिने फैसला सुनाएको थियो ।

न्यायाधीश जोशीले सहमतिमा यौनसम्बन्ध भएको भनी पीडितले बयान दिएको आधार लिएर फैसला सुनाएका थिए । पीडकले सफाइ पाउनुका साथै नभएको कानुनको आधारमा पीडितले आफ्नो प्रतिरक्षा गर्न नपाई सजाय गरिएको भन्दै उनी विवादमा परेका थिए ।

न्यायाधीश सूर्यप्रसाद अधिकारी : मदिरा सेवन गरेर हत्या गर्नेलाई ६ महिना कैद सजाय मदिरा सेवन गरेर चलाएको सवारी चालकको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनाको आरोपीलाई ६ महिना मात्रै कैद सजाय गर्ने जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारी न्यायपरिषद्को छानबिनमा छन् । विवादास्पद फैसला गरेलगत्तै न्यायाधीश सूर्यप्रसाद अधिकारी छानबिनका लागि न्यायपरिषद्मा तानिएका हुन् ।

मादकपदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट २०७६ मंसिरमा बूढानीलकण्ठमा गोर्खा जिल्लाको लिला देवकोटाको मृत्यु भएको थियो । जिल्ला अदालतले आरोपितलाई १ हजार रुपैयाँ जरिमाना गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मल्लमाथि १० वर्ष कैद र जरिमानाको मागदाबी गरेको थियो ।

न्यायपरिषद् स्रोतका अनुसार जिल्ला न्यायाधीश अधिकारीले गरेको फैसलाले पीडितलाई ठूलो अन्याय भएको देखिएकाले छानबिनका लागि तानिएको हो । मादकपदार्थ सेवन गरेर सवारी चलाएर जानाजान एउटा व्यक्तिको हत्याजस्तो जघन्य अपराधलाई पनि थोरै सजाय दिएर उन्मुक्ति दिएको भन्दै न्यायपरिषद्ले न्यायाधीश अधिकारीलाई काजमा तानेर छानबिन सुरु गरेको छ ।

न्यायाधीश अम्बिकाप्रसाद निरौला : अपहरणकारी उम्काउने फैसला गर्दा विवादमा न्यायपरिषद्का अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा दुर्गाबहादुर नाम गरेका व्यक्तिलाई सफाइ दिएको अर्को मुद्दामा न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि अनुसन्धानको घेरामा छन् ।

न्यायाधीश निरौलाको इजलासले तत्काल प्राप्त प्रमाणले सोले कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकी निर्दोष भएको निक्र्यौल गर्ने आधार नभएको भन्दै उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणबाट बुढाथोकी कसुरदार होइनन् भन्ने नदेखिएको र पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।’
न्यायाधीश निरौलाले ५ असोज २०७८ बुढाथोकीलाई निर्दोष ठहर गर्दै सफाइ दिए । निर्दोष ठहर गर्दा दुई आधार लिएको देखिन्छ । एक, दुर्गाबहादुर नेपालको कुन स्थानमा बस्ने हो भन्ने प्रमाण पेस नभएको । अर्को, थुनामा रहेका दुर्गाबहादुर नेपालको नागरिक हो भन्ने प्रमाण पेस नभएको भन्ने आधार लिएको छ ।
के थियो मुद्दा अपहरणकारी अमर टण्डनको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्यालीकोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरी महाराजगन्जस्थित एउटा घरमा राखेको थियो । मारुती गाडीमा हालेर चार÷पाँच जनाको समूहले मुखमा पट्टी बाँधेर १ करोड ५० लाख रुपैयाँ फिरौती असुलेको थियो ।
फिरौती बुझाएर छुटेपछि मात्रै प्रहरी उनलाई राखिएको महाराजगन्जस्थित घरमा पुगेको थियो । बाबुराजालाई बन्धक बनाउँदा बुढाथोकी घर कुरुवा बसेका थिए । फिरौती रकम बुझेपछि प्रहरी आइपुग्नुअघि नै उनी भागेका थिए । घटनाको अनुसन्धान गरेको प्रहरीको अपराध महाशाखाले २०६६ पुस अन्तिमतिर अपहरणमा संलग्न टन्डन समूहका प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्कीसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेसँगै उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धकमा मुद्दा चलायो । मुद्दा चलाएका मध्ये बुढाथोकीको नाम नखुलेपछि सुरुमा उनको नाम उल्लेख भएन । पछि बयानमा उनको नाम खुलेको थियो । अदालतको आदेशमा पाँच जना दोषी ठहर भएर जेल गए भने बुढाथोकी भारतमा आफ्नो पहिचान नै बदलेर बसे । पछि प्रहरीले भारतबाट दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरेर अदालतमा बुझायो ।

तर, उनले आफू दुर्गाबहादुर बुढाथोकी नभई प्रकाश क्षत्री भएको बताए । उनले आफ्नो बाबु शिवा र आमा तारा क्षत्री भएको जिकिर गरे । बयानमा पनि उनले आफ्नो वास्तविक नाम भनेन् । सोही आधारलाई देखाउँदै न्यायाधीश निरौलाले बुढाथोकीलाई सफाइ दिए । निरौलाले आधार र प्रमाण भेटिँदासमेत सफाइ दिएपछि न्यायपरिषद्लाई उनलाई छानबिनका लागि तानेको हो ।

(valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त
मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त
मंगलबारको राशिफल
मंगलबारको राशिफल
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
माघ २३ गते विहिबारको राशिफल यस्तो छ
माघ २३ गते विहिबारको राशिफल यस्तो छ
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा