“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)

सारांश

  • काठमाडौं ।
  • स्थानीय तहको निर्वाचनका लागि वडा देखि नगरमा राम्रो चहलपहल देखिरहेको छ ।
  • चुनाव प्रचार प्रसारमा व्यस्त उम्मेद्वारहरु ५ वर्षका लागि विकासका विभिन्न मोडलहरु आफ्ना स्थानीय बासीहरुमाझ पस्किरहेका छन् ।

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वडा देखि नगरमा राम्रो चहलपहल देखिरहेको छ । चुनाव प्रचार प्रसारमा व्यस्त उम्मेद्वारहरु ५ वर्षका लागि विकासका विभिन्न मोडलहरु आफ्ना स्थानीय बासीहरुमाझ पस्किरहेका छन् । अबको निर्वाचित जनप्रतिनिधीले अबको ५ वर्षका लागि देशको ७ सय ५३ स्थानीय तह सहित ६ हजार ७ सय ४३ वडा कार्यालय मार्फत देश चलाउने छन् । ७ सय ५३ स्थानीय तहमध्ये संघीय राजधानी काठमाडौं नजिकै रहेको एक नगरपालिका हो, पनौती नगरपालिका । कृषी तथा पर्यटनका हिसाबले अत्यन्तै सुन्दर नगर पनौती नगरपालिका मेयरका दौडमा रहेका एक युवा हुन् भुषण कुमार श्रेष्ठ ।

श्रेष्ठले विवेकशिल साझा पार्टीबाट आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । देशका अन्य स्थानीय तह जस्तै पनौती नगरपालिकामा पनि ठूला राजनीतिक दलको वर्चस्व रहेको छ । यद्यपी लोकतान्त्रीक प्रणालीको सदुपयोग गर्दै स्थानीय सरकार मार्फत नगर विकास गर्नका लागि उनले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वार श्रेष्ठ भन्छन्, “मेयरको पद जसले जिते पनि नगरको विकास गर्ने हो । नगर विकासका लागि म सँग विकासका मोडलहरु छन्, जो व्यक्तिले सरकार चलाए पनि मेरो मोडल लिएर म सधै सरकारलाई झकझकाइ रहने काम गर्छु ।”

पत्रकारीतामा स्नाकोत्तर अध्ययन गरिरहेका श्रेष्ठले पछिल्लो समय नेपाली जनताहरुले विकास के हो थाहा नपाएको महशुश गर्दै आएका छन् । विकाशको मोडल जनतालाई बुझाउनका लागि विवेकशिल साझा पार्टिका हरेक उम्मेद्वारहरुले मनोायन दर्ता गराएको शिखर न्युज संवाददातासँगको कुराकानीमा उनले बताएका हुन् ।

चुनावमा शिक्षा, स्वास्थ, रोजागारी लगायत कुराको आश्वासन सबै दलले सधै बाढ्दै आएका छन् । तर ठोस मोडल र रणनीती चुनावमा कसैले पेश गर्ने गरेका छैनन् । उम्मेद्वार श्रेष्ठ भने ठोस योजना लिएर चुनावी मौदानमा उत्रिएका छन् ।

स्थानीय तहमा देखिएको समस्या नगरपालिकाबाट समाधान गर्ने विषेश जोड दिन उम्मेद्वारी दिएका श्रेष्ठले पनौती नगरपालीिकालाई पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना लिएका छन् । धार्मिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको पनौती नगरपालिकामा पर्यटनहरु सहभागिता निकै कम महशुश गरेका श्रेष्ठले विभिन्न माध्यमबाट पर्यटन भित्राउने मोडल पेश गरेका छन् । जसका कारण युवाहरु आफ्नै नगरमा रोजगारी गरेर बस्ने वातारणको विकास हुने उनको विश्वास रहेको छ ।

पनौती नगरपालीकाको वडाहरुमा सवारीसाधनको समस्या रहेको बताउँदै हरेक वडाबाट काठमाडौंसम्मको सार्वजनिक विद्युतिय सवारीको व्यवस्था गर्ने पनि उनको योजना रहेको छ । शिक्षाको स्तर बढाइ जनताको जीवनस्तर वृद्धि गर्न नगरमा रहेका तीन वटा विद्यालयलाई विश्वस्तरीय विद्यालयमा रुपान्तरण गर्ने एजेन्डा समेत बोकेका छन् ।

पनौती नगरपालिकामा कृषी तथा दुधजन्य पदार्थको सम्भावना निकै उच्च रहेको छ । कृषी उत्पादनको उद्योग विस्तार गरेर पूँजी, रोनगारीको विस्तार गर्न सकिने उनले बताए । देश विदेशमा राम्रो पहुँच रहेको श्रेष्ठले पनौती नगरबासीले आफूलाई जिताएको अवस्थामा हाल नगरको डेढ अर्ब बजेट रहेकोमा स्वदेशी तथा विदेशी लगानी भित्राएर यस रकमलाई दश गुणा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंमा खुल्न नसकेका उद्योग पनौतीमा खोलेर पनौती नगरबासीको सामाजिक तथा आर्थिक विकासको एजेन्डा बोकेका श्रेष्ठले आफ्नो सक्षमतामा विश्वास गर्दै विवेकशिल साँझा पार्टीमा मतदान गर्न हार्दिक अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?