‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव

सारांश

  • विरगंज, १७ साउन ।
  • नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अंगीकृतलाई प्रमुख पद दिएर तराईका रैथाने नेपालीलाई विस्थापित गर्न मञ्जुर नभएको बताएका छन् ।
  • प्रेस चौतारी नेपालको प्रदेश नम्वर २ को विस्तारित बैठकलाई विरंगजमा उद्घाटन गर्दै महासचिव पोखरेलले राष्ट्रका प्रमुख पदमा अंगीकृतलाई ल्याउने प्रस्ताव आफुहरुलाई मान्य नहुने बताए ।

विरगंज, १७ साउन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अंगीकृतलाई प्रमुख पद दिएर तराईका रैथाने नेपालीलाई विस्थापित गर्न मञ्जुर नभएको बताएका छन् । प्रेस चौतारी नेपालको प्रदेश नम्वर २ को विस्तारित बैठकलाई विरंगजमा उद्घाटन गर्दै महासचिव पोखरेलले राष्ट्रका प्रमुख पदमा अंगीकृतलाई ल्याउने प्रस्ताव आफुहरुलाई मान्य नहुने बताए ।

नागरिकताको विषयमा नेपालको संविधानमा भएको व्यवस्था दक्षिण एशियाली मुलुकमै उत्कृष्ट रहेको महासचिव पोखरेलको भनाई थियो । एमाले नागरिकता विरोधी भन्ने विषयलाई मधेशमा बढि उछालिएकोप्रति टिप्पणी गर्दै पोखरेलले एमालेको आपत्ति मुलुकमा प्रमुख पदहरुमा अंगिकृतलाई राख्नु हुँदैन भन्ने मात्रै रहेको बताए ।

यहाँका रैथाने मधेशीलाई नेपालको जुनसुकै पदमा पुग्नका लागि कुनै समस्या नभएको तर अन्य देशबाट आएका नागरिकलाई माथिल्लो पदमा पुग्न संविधान संशोधन गर्नुपर्छ भन्ने कुराको कुनै तुक नहुने उनको भनाई थियो । उनले भने, ”राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पद अंगीकृत नागरिकलाई दिएर तराईमा बसिरहेका रैथाने मधेशी जनतालाई विस्तापित गर्ने कुरा हामी कुनै पनि हालतमा मान्दैनौ ।”

महासचिव पोखरेलले अहिलेसम्म भएका ६ वटा प्रदेशको निर्वाचनमा पनि गठबन्धनहरु एमालेका सामु पराजित भएको बताउदै २ नम्वर प्रदेशमा हुने स्थानिय तहको निर्वाचनमा जतिसुकै ठुलो गठबन्धन वा महागठबन्धन आएपनि एमाले पहिलो पार्टी बन्ने ठोकुवा पनि गरे । पोखरेलले एमाले बहुमत सहितको ठुलो पार्टी नभए मुलुकका लागी दुर्भाग्यपूर्ण हुने बताउदै तीन वटै तहमा बहुमत ल्याउने समेत स्पष्ट पारेका थिए ।

उनले मधेश र मधेशी जनताका पक्षमा एमाले नेतृत्वको सरकारले गरे जति काम अन्य कुनै दल गर्न नसकेको बताए । अधिकार सम्पन्न समृद्ध मधेशको खाका एमालेले ल्याउने तर त्यसलाई यहाँ रहेका मधेशवादी भनिएका दलले गलत व्याख्या गर्ने प्रबृत्ति देखिएकोले त्यसको भण्डाफोर गर्न पत्रकारहरुलाई आग्रह गरे ।

मनमोहन अधिकारी प्रधानमन्त्री भएकै बेलादेखि एमालेले मधेशको नागरिकता समस्या समाधानको लागि अधिकार सम्पन्न आयोग बनाएर काम गरेको भएपनि कांग्रेसले त्यसलाई लागु हुन नदिएको उनले बताए । आज मधेशवादी दलमा नेतृत्व गरीरहेका व्यक्तिहरु हिजोको दिनमा कांग्रेसमै बसेकोले त्यस विषयमा आवाज नउठाएको महासचिव पोखरेलले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धनले देउवा सरकारका निर्णय बदर  गर्ने तयारी
वाम गठबन्धनले देउवा सरकारका निर्णय बदर गर्ने तयारी
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
राष्ट्रपति भण्डारीले भनिन् : सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ
पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु
पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?

तपाईंले छुटाउनुभयो कि?